घोराहीमा केन्द्रीय कार्यालय रहेको बैंकले तीन जिल्लाका दाङ,बाँके र कपिलवस्तुमा सेवा प्रवाह गर्दै आएको बैंकका पन्ध्र शाखा रहेका छन् । यि बैंकहरुमा ६७ हजार एक सय ६० ग्राहकको खाता रहेको जानकारी गराईएको छ ।
साधारणसभाले संस्थापक शेयर धनिबाट ओमभक्त बुढाथोकी , निर्मल देवकोटा, र अर्जुन बुढाथोकी तथा साधारण शेयर सदस्यहरुबाट खड्ग बुढाथोकी, बेगम वहादुर भण्डारी, शेषमणी गौतमलाई सञ्चालक समितिमा छनौट गरेको छ । सभामा अध्यक्ष बुढाथोकीले लगानीकर्ताहरुको रकमको नाफा र नोक्सानको हिसाव हेर्ने दिनको रुपमा साधारणसभा भएको वताउँदै बैंकलाई समय अनुसार आधुनिक प्रविधी युक्त गराउँदै भविष्यमा अँझ ठूलो बैंक संग मर्जर गर्नुपर्ने अवस्था आएको वताउनु भयो । बैंकले १७ दशमलव ४१ प्रतिसत बोनस वितरण गर्ने भएको जानकारी दिनु भयो । साारणसभामा यसअघि नमस्ते वित्तिय संसथाको अध्यक्ष रहनु भएका निर्मल देवकोटाले नमस्ते वित्तिय संस्था र वेस्टर्न बैंक दुबै मर्ज भई हाल ४२ करोड ५३ लाख १२ हजारको चुक्ता पुजि रहेको र नमस्ते वित्तिय संसथाका साारण तथा संस्थापक शेयर धनिहरुको समस्या यसै आर्थिक बर्ष भित्र समाधान गरिने वताउनु भयो । ०७४ असार सम्मको नाफालाई जोड्दा बैंकको चुक्ता पुजि ५० करोड ४० लाख ६८ हजार रुपैयाँ हुने भएको छ ।
बैंकमा विभिन्न शाखामा गरि १ सय १७ जना कर्मचारहिरु कार्यरत छन् भने १८ वटा रेमिट्याान्स कम्पनीको कारोवार भएको छ । कार्यक्रममा निर्वाचन अधिकृत अधिवक्ता प्रेमवहादुर ओलीले सन्चालकहरुको नाम निर्विरोध भएको जानकारी गराउनु भएको थियो भने शाखा प्रमुख खुमवहादुर डिसीले बैंकको गतिविधी बारे र सन्चालक अर्जुन बुढाथोकीले बैंकको आगामी लक्ष्यका बारेमा साधारणसभामा जानकारी गराउनु भएको थियो ।
बैंकको नियमानुसार सन्चालक ६ जना मध्यबाट बैंकको अध्यक्ष छनौट गर्ने प्रावधान रहेको छ । सञ्चालक समितिको बैठकले ओमभक्त बुढाथोकीलाई अध्यक्षमा नियुक्त गरेको छ ।