ओमप्रकाश गुप्ता
देउखुरी २३ असार । मुस्ताङमा मृत्यु भएका दाङ घर भएकाहरुको शव आफन्तको जिम्मा लगाइएको छ । शनिबार साँझ पाँच वजे नेपाली सेनाको हेलिकप्टरबाट शव ल्याइएको हो । दाङका पाँच जनाको शव लमहीमा अवतरण गराई आफन्तको जिम्मा लगाइएको छ । लमहीमा राप्ती गाउँपालिका कविता रोका, सुकविर चौधरी, विन्ती रोका, राजपुर गाउँपालिका कमल बुढा र बालकुमार पुनको शव लमहीमा अवतरण गराइएको हो । विन्ती रोकाका श्रीमान् बेपत्ता भएका कारण शव माइती पक्षले बुझ्ने गरी लमहीमा अवतरण गरिएको हो । विन्तीको माइत राप्ती गाउँपालिका पर्दछ ।
