दाङमा पुन परिवारले ब्यक्तिगत ४० लाख खर्चेर बनायो पहिलो भ्यूटावर

२०७५ श्रावण १४, सोमबार ०५:३० गते २०७५ श्रावण १४, सोमबार ०५:३० गते २०७५ श्रावण १४, सोमबार ०५:३० गते

१३-साउन / घोराही उपमहानगरपालिका–१८ स्थित नमःछु गुम्बामा एउटा परिवारले व्यक्तिगत लगानीमा भ्यूटावर निर्माण गरिएको छ । स्थानीय पुन परिवारको व्यक्तिगत लगानीमा ‘मनदील भ्यूटावर’ निर्माण गरिएको छ । यो नै जिल्लाको पहिलो भ्यूटावर पनि हो । अहिले सम्म जिल्लामा एउटापनि भ्यूटावर निर्माण गरिएको थिएन ।

पुनः परिवारले निर्माण गरी दिएको भ्यूटावर १७ मिटर उचाई र साढे ५ तलाको रहेको छ । भ्यूटावर मनबहादुर पुन, श्रीमती दिमाया पुन र छोराहरू गुमानबहादुर पुन, नरेन्द्र पुन र डा.वसन्त पुनले निजी खर्चवाट निर्माण गरेका हुन ।

भ्यूटावर निर्माण गर्न ४० लाख रुपैंया खर्च भएको नरेन्द्र पुनले जानकारी दिए । ‘सानो भएपनि सामाजिक कार्य गरौं भन्ने उद्देश्यले भ्यूटावर निर्माण गरेका हौं,’पुनले भने । परिवारको सल्लाहामा नै भूटावर निर्माण गरिएको पुनले जानकारी दिए ।

उनले जिल्लाको पहिलो भ्यूटावर आमाबुबाको नामाबाट नामाकरण गरिएको जानकारी दिए । ‘बुवा आमाले हामीलाई जन्मदिनुभयो,शिक्षादिएर आत्मनिर्भर वनाउनु भयो,त्यसैले उहाँहरूको सम्मानका लागि सानो भएपनि केही काम गर्नुपर्छ भनेर हामीभाइहरू मिलेर भ्यूटावर निर्माण गरेका हौं ।’ पुनले भने । बुद्धजयन्तीको अवसरमा उद्घाटन गर्ने गरि काम सुरु गरेको भएपनि प्राविधिक समस्याले गर्दा केही ढिला निर्माण कार्य पुरा भएको पुनले बताए । भ्यूटावरको निर्माण कार्य असार अन्त्यमा सकिएपनि भदौ पहिलो साता उद्घाटन गर्ने तयारी गरिएको पुनले जानकारी दिए ।

यसैबीच भ्यूटावर निर्माण भएपछि मन्दिरलाई पनि आर्थिक रूपमा सहयोग मिल्ने व्यवस्थापन समितिका अध्यक्ष सतबहादुर रोकाले आषा व्यक्त गरेका छन् । ‘भ्यूटावर बाट सहजै दाङको सुन्दर फाँट नियाल्न सकिन्छ । त्यही भएर यहाँ त्यो अवलोकन गर्न आउनेहरुको संख्या बढ्न थालेको छ ,’ अध्यक्ष रोकाले भने ।

उनले भ्यूटावर माथि चढेर सुन्दर दाङलाई अवलोकन गर्न चाहाने व्यक्तिका लागि केही रकम लिइएको जानकारी दिदै त्यो रकमले मन्दिर व्यवस्थापनका लागि उपयोग गरिने अध्यक्ष राकाले बताए । भ्यूटावर निर्माण भएसँगै नमःछु गुम्वामा आन्तरिक पर्यटक आउने क्रम बढेर गएको उनले बताए । यसैबीच भ्यूटावर निर्माण गरेका पुन परिवारले त्यहाँ संकलन भएको रकम आफु र आफ्नो परिवारले न लैजाने बताए । त्यसलाई पनि सामाजिक कार्यमै खर्च गर्ने उनले जानकारी दिएका छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *