वर्दिया, साउन २० ।
घोराहीको गोग्लिस्थित घोराही सिमेन्ट उद्योगको उत्पादन गुणस्तरहीन भएको ठम्याउँदै बिक्री वितरण रोक्न दिइएको निर्देशनलाई अवज्ञा गरेपछि वर्दिया जिल्ला प्रशासनले उद्योगका जिम्मेवार अधिकारीहरुलाई तुरुन्त पक्राउ गर्न प्रहरीलाई कडा निर्देशन दिएको छ। वर्दिया जिल्ला प्रशासनको पत्रलाई उद्योगले आफ्नो विरुद्धमा हल्ला फीजाएको भनेर प्रतिक्रीया दिएपछि घोराही सिमेन्ट उद्योगको उत्पादन गुणस्तरहीन ठम्याएको प्रशासनले कडा कदम चाल्दै घोराही सिमेन्ट उद्योगका महाप्रवन्धक, उद्योग सञ्चालकसहीत जिम्मेवार अधिकारीलाई तुरुन्त पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय वर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले उद्योगले गम्भिर लापरवाही देखाइरहेको अवस्थामा आफ्नो उत्पादन गुणस्तरहीन भएको गुणस्तर विभागले लिखितरुपमा पत्र पठाउदा पनि जथाभावि प्रतिक्रीया दिएर उद्योगले उपभोक्ता हक अधिकारमाथि खेलवाड गरेकाले अनुसन्धानका लागि पक्राउ गर्न उद्योग सञ्चालकसहीत महाप्रवन्धक र जिम्मेवारी अधिकारीलाई निर्देशन दिइसकेको जानकारी दिए ।
बर्दियाका प्रमुख जिल्ला अधिकारि कुरुम्बाङ्गले भने( गुणस्तरहिन सिमेन्ट उत्पादन गर्ने घोराही सिमेन्ट उद्योगको महा प्रबन्धक, सन्चालकसहित जिम्मेवार ब्यक्तिलाई पक्राउ गर्न वारेन्ट जारी गरेका छौ, पक्राउ गरेर ल्याउन प्रहरिलाई निर्देशन पनि दियको छु ।उनले गलत काम गर्दा गर्दै पनि उद्योगले आफ्नो बचाउ गर्नलाई जथाभाबि नबोल्न र उपभोक्तालाइ भ्रममा नपार्न चेतावानि दिएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाले दाङलाई पत्राचार गरेको दुई दिन बितिसक्दा समेत घोराही सिमेन्ट उद्योगले उत्पादन र बिक्री वितरण गरिरहेको छ।
बर्दिया जिल्लामा बिक्री वितरण गरेको ओपिसी सिमेन्ट गुणस्तरहीन रहेको तथ्य नापतौल विभागबाट पुष्टि भएपछि बुधबार मात्रै बर्दिया प्रशासनले उत्पादन तथा बिक्री वितरण रोक्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरेको थियो। घोराही सिमेन्ट उद्योगका एकजना कर्मचारीले उद्योगमा आधिकारीक रुपमा त्यस्तो कुनै पत्र प्राप्त नभएको हुँदा उत्पादन र बिक्री विरतण जारी रहेको जानकारी दिए। साथै उद्योगले वर्दिया जिल्ला प्रशासनको पत्रलाई वेवास्ता गर्दै हल्लाको भरमा उत्पादन र विक्री रोकिँदैन भनेर प्रतिक्रीया दिएपछि त्यहाको प्रशासनले कडा कदम चालेको हो । उता, दाङका प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले घोराहि सिमेन्टको गुणस्तरहिन भनियको सबै सिमेन्ट उठाइसक्यौ, गुणस्तर बिभागको टोलि छानबिनको लागि आउदै छ, उपभोक्तालाइ सचेत हुन अपिल गर्दछु ।