लालमटियामा वित्तीय साक्षरता र वित्तीय योजना विषयक गोष्ठि

२०७५ श्रावण २६, शनिबार १४:२८ गते २०७५ श्रावण २६, शनिबार १४:२८ गते २०७५ श्रावण २६, शनिबार १४:२८ गते

ओमप्रकाश गुप्ता
लालमटिया २६ साउन । उद्योगी व्यवसायीहरुका लागि १ दिने वित्तीय साक्षरता तथा वित्तीय योजना विषयक गोष्ठि आज राप्ती गाउँपालिका २ लालमटियामा सम्पन्न भएको छ ।
महाप्रभु बचत तथा ऋण सहकारी संस्था लि. लालमटियाको आयोजनामा तालिम सम्पन्न भएको हो । शिक्षा उपसमितिका संयोजक केशवराज आचार्यको अध्यक्षता एवम् संस्थाका अध्यक्ष रुकमांगत ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा सहकारी शिक्षाका विषयमा शिक्षा उपसमितिका संयोजक केशवराज आचार्य र वित्तीय साक्षरता तथा वित्तीय योजनाका विषयमा संस्थाका कोषाध्यक्ष रामकृष्ण पौडेलले जानकारी गराएका थिए । २२ जना उद्योगी व्यवसायीहरुको सहभागीता रहेको गोष्ठिमा शिक्षा उपसमितिकी सदस्य टिका पोख्रेलले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक प्रताप चौधरीले गरेका थिए । यसै बिच संस्थाले ५२५ नम्बरका मृतक शेयर सदस्य राप्ती गाउँपालिका ३ मसुरीया निवासी भेषराज पौडेलको शनिवार १३ औँ दिनको पुण्य तिथिका अवसरमा प्रदान गर्दै आएको मृत्यु राहतकोषको रकमबाट ५ हजार रुपैयाँ मृतकको परिवारलाई प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *