घोराही, भदौ १५ ।

राप्रपाका पुराना नेता पुर्ब प्रधान पन्च घोराही १३ डुम्मरगाँउ निबासि शोभाकर थापाको निधनप्रति राप्रपा र राप्रपा प्रजातान्त्रिकले दुख ब्यक्त गरेका छन् । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जवरा र राप्रपा अध्यक्ष कमल थापा,पुर्व प्रधानमन्त्रि लोकेन्द्रबहादुर चन्दले स्व. थापाको निधन भएको खवरले अत्यन्तै दुखित भएको भन्दै उहाको निधनप्रति श्रद्धाञ्जलि ब्यक्त गर्नु भएको छ ।

थापाको गयराती ९ बजे ७९ बर्षको उमेरमा आफ्नै निवासमा निधन भयको थियो । लामो समयदेखी विरामि रहेका थापा उपचारारत रहनु भएको थियो । राप्रपाका पुराना, इमान्दार, कर्मठ नेता पार्टीले गुमायको भन्दै थापा र जवराले थापाको निधनले पार्टीमा अपुर्निय क्षेति पुगेको बताउनु भयो । उहाहरुले दिबगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनप्रति गहिरो समबेदना प्रकट गर्नु भयको छ । थापा स्वाभिमानी र क्षमतावान राजनीतिज्ञ भएको भन्दै उहाँको भौतिक शरिर नरहेपनि आदर्शलाई सदैव पार्टिले सम्झीरहने र योगदानलाई चिरस्थायि बनाउन महत्वपुर्ण भुमिका खेल्ने प्रतिवद्धता ब्यक्त पनि गर्नु भयो । त्यस्तै राप्रपा प्रजातान्त्रिकका नेताहरु सुनिल थापा, दिपक वोहरा, विक्रम पाण्डे लगायतकाले थापाको निधनप्रति दुख ब्यक्त गर्नु भएको छ । यसैगरेर राष्ट्रिय सभा सदस्य नेकपाकि नेतृ कोमल वलिले शोभाकर थापा प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै उहाँ असल राजनीतिक चरित्र भएको ब्यक्तित्वकोरुपमा सम्झीएको बताउनु भयो । उहाले स्व.थापा समाजसेवी र सबैका अभिभावक भएको बताउदै तिन अवधि दाङमा प्रधानपंच भै जनसेवा गर्नुभएका उहाँ स्वाभिमानी र क्षमतावान राजनीतिज्ञरुपमा चित्रणसमेत गर्नु भयो ।

साथै वलिले उहाँको भौतिक शरिर नरहेपनि उहाँको आदर्श सदा यो समाजले संझीरहने पनि बताउनु भयो । त्यस्तै राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष नरेश जङ्ग राणा, केन्द्रिय सदस्य टोपबहादुर शाह, पार्टिका नेता नेता तिलकराम शर्मा मजगैँया लगायतकाले विज्ञप्ति जारी गरेर पार्टिका नेता थापाको निधनप्रति श्रद्धाञ्जलि ब्यक्त गर्नु भएको छ । उहाहरुले थापाको निधनले पार्टि स्तब्ध एंव ममार्हत भएको भन्दै उहाको निधनले पार्टिलाई ठुलो क्षति पुग्नुका साथै कुशल संगठक, इमान्दार कर्मठ ब्यक्तित्व गुमाएको बताउनु भयो । १९९६ सालमा जन्मनु भयका थापा तिन अबधि प्रधान मन्च भएर जनसेवा गर्नु भएको थियो । लामो राजनितिमा सकृय रहनु भयका थापा वृद्ध अबस्थामा पनि निकै कृयाशिल रहदै आउनु भयको थियो । राप्रपा र रास्ट्रिय जनशक्ति पार्टी एकिकरण भयपछि पार्टीको जिल्ला सयोजक समेत हुनु भयको थियो । स्वभीमान र क्षमतावान थापाको निधनप्रती चौतर्फि रुपमा दुख ब्यक्त गरियको छ । विहिवार निधन हुनु भएका थापाको आज शुक्रवार विहान ८ बजे हिन्दु परम्परा अनुसार दाहासंस्कार गरीएको छ । स्व. थापाको पार्थिव शरीरमा राप्रपा प्रजातान्त्रिकको झन्डा ओढाएर राप्रपा प्रजातान्त्रिक दाङले श्रद्धाञ्जलि ब्यक्त गरेको छ ।

थापाको पार्थिव शरीरमा पार्टिको झन्डा पार्टिका केन्द्रिय सदस्य टोपबहादुर शाह, जिल्ला अध्यक्ष नरेश जङ्ग राणा, पार्टिका नेता रोमहर्ष भण्डारी, जिल्ला सदस्य वंशिकुमार शर्मा लगायतकाले ओढाएर श्रद्धाञ्जलि ब्यक्त गर्नु भएको थियो । थापालाई अन्तिम श्रद्धाञ्जलि दिन राप्रपा, राप्रपा प्रजातान्त्रिकका नेता, कार्यकर्ता, काग्रेस, नेपाल कम्युनिष्ट पार्टिका नेता, कार्यकर्ताहरु पनि पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *