गाउँमै स्वास्थ्य शिविर आएपछि विरामी खुसी

२०७५ भाद्र १६, शनिबार ०४:५२ गते २०७५ भाद्र १६, शनिबार ०४:५२ गते २०७५ भाद्र १६, शनिबार ०४:५२ गते

ओमप्रकाश गुप्ता

लालमटिया १६ भदौ ।

राप्ती गाउँपालिका २ लालमटियाकी ७० वर्षिया राधिका अधिकारीको छाती दुख्ने, दमको समस्या छ । उपचारको लागि कतीयौ पटक पाल्पा र बुटवल पुगिन् तर निको भएनिन् । गाउँमा शिविर आएपछि निको हुने आशामा उपचारको लागी आएको हु । अव त सन्चो हुन्छ की राधिकाले भनिन् । राधिका जस्तैै राप्ती गाउँपालिका २ बराखुटीकी ८२ वर्षिया चुमा भुसाललाई पनि ढाड, कम्मर दुख्ने समस्याले सताएको छ । ‘उठ्न बस्न धौं छ । कट्कटी खान्छ’उनले भनिन् ‘दुखाई सहन सक्दीन ।’

शुक्रवार राप्ती गाउँपालिकामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयमा राखिएको निःशुल्क बृहत स्वास्थ्य शिविरमा उपचारको लागि पुग्नेहरुले शिविरको उपचार हुने विश्वास व्यक्त गरेका छन् । शिविरमा भिडियो एक्सरे र ल्याव सम्मको सुविधा प्रदान गरिएको छ । शिविरमा ल्याव र भिडियो एक्सरे सेवा निःशुल्क प्रदान गरिएपछि उपचारमा पुग्नेहरु खुसी भए ।

शिविरमा ६० जनाको भिडियो एक्सरे र ८० जनाको ल्याव परीक्षण गरिएको छ । पेट दुखेको, कोखा हानेको, सेतो पानी बगेको, पिसावमा समस्या देखिएको बिरामीहरुको भिडियो एक्सरे गरिएको छ । फ्लोरेन्स अस्पताल प्राली लमहीका प्रमुख डाक्टर पुष्प भुसालले भने–‘एक्सरे गरिएका मध्ये २० जनामा स्वास्थ्य समस्या देखिएको छ ।

पित्त थैलीको पत्थरी, मृगौलाको पत्थरी, पाठेघर सुन्नीएको, पाठेघरको मुखको संक्रमण, अण्डाशयमा पानीको फोका भएका बिरामिहरु भेटिएका छन् । रगत परिक्षण गर्दा अधिकांसमा सुगरको समस्या देखिएको छ । उपचारमा आएका बिरामिहरुलाई निशुल्क औषधी र परामर्श दिइएको छ । फ्लोरेन्स अस्पताल प्रालि लमहीको आयोजना, आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया र जनजीविका बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले गरिव, विपन्न परिवारका सदस्यहरुको उपचार गर्न शिविर उपयोगी भएको बताए । विद्यालयका प्रअ बलराम ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक जीवराज शर्माले गरेका थिए । शिविरमा महिला रोग विशेषज्ञ डाक्टर तथा राप्ती अञ्चल अस्पताल तुलसीपुरका निमित्त मेसु विनोद सिंह, फलोरेन्स अस्पताल प्राली लमहीका प्रमुख डा. पुष्प भुसालले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । भने स्वास्थ्यकर्मीहरु बाबुराम विक,इसा कुवर,वर्षा श्रेष्ठ,विष्णा पोख्रेल,सविना पौडेल,हुकुमी थापा, श्यामकुमारी चौधरी र श्यामनारायण चौधरीले सेवा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *