दशै अगाडिनैै दाङकाे एर्पाेर्टमा जहाज बस्छ : नागरिक उड्डयन मन्त्री अधिकारी

२०७५ भाद्र ३१, आईतवार १६:०५ गते २०७५ भाद्र ३१, आईतवार १६:०५ गते २०७५ भाद्र ३१, आईतवार १६:०५ गते

सुमन केसी

तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले दशै अगाडि नै दाङको टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने बताए । आइतबार तुलसीपुर उपमहानगरपालिकाले एयरपोर्ट सञ्चालनका लागि दाङमा अयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीले दशै अगाडि नै सानो जहाज उडान हुने बताए ।
सिधै काठमाडौंदेखि दाङसम्म उडान गरिने र त्यो सम्भव नभए पनि काठमाडौंबाट भैरहवा हुँदै दाङ हवाई सेवा सुचारु गर्न पहल थाल्ने समेत उनीले बताए । मन्त्री अधिकारीले पटक–पटक जहाज सञ्चालनमा आउन नसक्नु दुःखद पक्ष भएको भन्दै यसलाई निरन्तरता दिन ईन्धन डिपो, धावनमार्ग स्तरोन्नती गर्न समेत पहल थाल्ने बताए ।
साथै मन्त्रीसहित मन्त्रालयबाट आएको प्राविधिक टोलीले एयरपोर्टको अवलोकन गरेको थियो । अहिले कालोपत्रे गरिएको धावनमार्ग सात सय ५० मिटर मात्रै रहेको छ । अबलोकन पश्चात ध्रुब श्रेष्ठले तत्काल दक्षिणपूर्ब तर्फ एक सय ३८ मिटर र उत्तर पश्चिम तर्फ ६० मिटरमात्रै धावन मार्ग बिस्तार गर्न सकिने बताए । तर यसरी पनि ठूला जहाजको उडान भर्न नसकिने उनीले बताए ।
२०११ सालदेखि सुचारु भएको उक्त एयरपोर्ट अनियमित हुँदै आएको छ । ईन्धन डिपो नहुनु, धावनमार्ग सानो हुनुजस्ता कारणले जहाज नियमित हुन सकेको थिएन् । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले समग्र दाङको बिकास र समृद्धि टरिगाउँ एयरपोर्टसंग जोडिएकाले यसलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन पहल थाल्न अनुरोध समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *