महायज्ञमा अधिकारी दम्पतिद्वारा पहिलो तुलादान

२०७५ आश्विन ४, बिहीबार ११:०२ गते २०७५ आश्विन ४, बिहीबार ११:०२ गते २०७५ आश्विन ४, बिहीबार ११:०२ गते

दाङ, ३ असोज

मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा तुलादान कार्यक्रम सुरु भएको छ । तुलादान अन्तरगत वुधवार घोराही १५ भृकुटिनगर टोलका एक दम्पतिल दान गरेर तुलादानको सुरुवात गर्नुभएका छ । महायज्ञको तेस्रो दिन घोराही १५ भृकुतिनगर टोलका ६३ बर्षीय भुपेन्द्र अधिकारी र उहाको श्रीमति झवादेवी अधिकारीले तुलादान गर्नुभएको हो । २ हजार ५ सयमा तुलादान गर्ने महायज्ञको विशेष अवसर अनुसार अधिकार दम्पतिले मंगलवार तुलादान गरेको तुलादान व्यवस्थापन उपसमितिका संयोजक युवराज आचार्यले जानकारी दिनुभयो । महायज्ञको पहिलो तुलादानको रुपमा अधिकारी दम्पतिले दान गरेको र २ हजार ५ सयमा दान गर्न सकिने व्यवस्था रहेको संयोजक आचार्यले जानकारी दिनुभयो ।

प्रेरणाकालागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरेपानीमा निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ महायज्ञको आयोजना गरिएको हो । सिद्धि विनायक सत्संग सेवा समिति नेपाल दाङको आयोजनामा पश्चीम नेपालमा पहिलोपटक आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा सहभागि हुनकालागि आयोजकले सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *