क्रान्तिकारी पत्रकार संगठनद्वारा बृहत अन्तक्र्रिया कार्यक्रम सम्पन्न

२०७५ आश्विन ४, बिहीबार १३:५३ गते २०७५ आश्विन ४, बिहीबार १३:५३ गते २०७५ आश्विन ४, बिहीबार १३:५३ गते

प्रदेश अनलाइन खवर समाचारदाता

दाङ ४ असोज । दाङका पत्रकार तथा अधिकारीकर्मीले सरकार मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्न खोजेको टिप्पणी गरेका छन् ।
क्रान्तिकारी पत्रकार संगठन, केन्द्रीय समितिको आयोजना र दाङ जिल्ला समितिको संयोजनमा दाङको घोराहीमा भएको अन्तरकृयामा सहभागि वक्ताहरुले अपेक्षा अनुसार संविधानले प्रत्याभूति गरेका अधिकारलाई कार्यान्वयनमा कामजोर देखिएको बताए ।
उनीहरुले पछिल्लो समय मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालागि फेरी आवाज उठाउनुपर्ने र आन्दोलित हुने पर्ने अवस्था आउनु दुखद रहेको बताए ।
कार्यक्रममा मानवअधिकार सञ्जाल दाङका संयोजक केशब कुमार शर्माले स्वतन्त्र प्रेसविना मानवअधिकारको रक्षा हुन नसक्ने बताउनुभयो । अहिलेपनि राज्यका निकाय मानवअधिकारप्रति जिम्बेवार बन्न नसकेको टिप्पणी गर्नुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले समाचार लेखेकै भरमा कुनैपनि पत्रकारमाथी धरपकड गर्ने कार्य बन्द गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारले समाचार लेखेकै भरमा पक्राउ गर्ने तथा मुद्धा चलाउने कार्य आपत्तिजनक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष प्रियासनले प्रेस स्वतन्त्रता विरोधी कानुनहरु संसोधन तथा खारेज गर्न माग गर्नुभयो ।
नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रताप रेग्मीले सरकार प्रेस प्रति अनुदार रहेपनि अब चाहेर पनि कसैले प्रेस स्वतन्त्रता खोस्न नसक्ने बताउनुभयो । उहाँले समाजवाद उन्मुख भन्ने राज्यले प्रेसमाथी दमन गर्ने कुरा विश्वास गर्न नसकिने बताउनुभयो । तर, अहिलेको दुईतिहाई सरकार भनिएपनि लरखराईरहेको टिप्पणी गर्नुभयो ।
अखिल नेपाल शिक्षक संगठन प्रदेश नम्बर ५ का संयोजक नारायण भण्डारीले सरकारले फरक विचार राख्नेविरुद्ध दमनमा उत्रिएको भन्दै आलोचना गर्नुभयो । भण्डारीले शिक्षकहरुको अवस्था दयनिय रहेको र खानपनि नपुग्ने स्थिति रहेको भन्दै गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभयो ।
पत्रकार नरेन्द्र केसीले अहिले सरकार फरक विचार र आस्था राख्नेप्रति अनुदार बन्न खोजेको बताउनुभयो । उहाँले मानवअधिकार रक्षाका लागि गभ्भिर बन्न सरकारलाई आग्रह गर्नुभयो ।
राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारीले प्रेस तथा अभिव्यक्तिलाई अफ्ठेरो पार्ने कानुनहरुलाई संसोधन गर्नुपर्नेमा जोड दिनुभयो । हिजोका दिनमा जटिलताकाबीचमा पनि पत्रकारिता गरेको तर अहिलेपनि खासै परिवर्तन हुन नसकेको गुनासो गर्नुभयो ।
नेकपाका सचिवालय सदस्य किरण डाँगीले अहिले आफ्नो पार्टीलाई अहिले शान्तिपूर्ण कार्यक्रम समेत गर्न नदिइएको बताउनुभयो । आफ्नो नेतृत्वलाई धरपकड गरिरहेको भन्दै कुनै कार्यक्रम गर्दापनि अनावश्यक निगरानी गरिरहेको बताउनुभयो ।
उहाँले सरकारबाट वार्ताको आव्हान भएपनि केका लागि भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिले शान्तिपूर्ण कार्यक्रम गर्न नदिने तथा अनुमानका भरमा सरकारले दुःख दिने काम गरेको बताउनुभयो ।
क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संगठनका केन्द्रीय कोषाध्यक्ष जानकी चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संगठनका केन्द्रीय महासचिव हिम विष्टले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *