बंगलादेश भारतसँग ७ विकेटले पराजित

२०७५ आश्विन ६, शनिबार ०४:३६ गते २०७५ आश्विन ६, शनिबार ०४:३६ गते २०७५ आश्विन ६, शनिबार ०४:३६ गते

बंगलादेश भारतसँग ७ विकेटले पराजितएजेन्सी
युएई, असोज ६

बंगलादेश भारतसँग ७ विकेटले पराजित भएको छ। जारी एसिया कपको सुपर ४ को चरण खेलमा भारतले १ सय ७४ रनको निर्धारित लक्ष्य ३७ औं ओभरमा ३ विकेट गुमाउँदै सो जीत हासिल गरेको हो।

पहिले ब्याटिङ पाएको बंगलादेशले ५० औं ओभरमा अलआउट हुँदै १ सय ७३ रन बनाएको थियो।

उसका सुरूवाती ब्याट्सम्यान सस्तैमा पेभिलियन फर्किए। सो खेलमा लिटन दास र नज्मुल हुसेन सान्टोले ७-७ रन मात्र बनाउन सके । खराब सुरूवात गरेको बंगलादेशका लागि शकिब अल हसन १७ र मुश्फिकर रहिम २१ रन जोड्दै आउट भएपछि बंगगलादेश दबाबमा पुगेको थियो।

महामुदुल्लाह र मोसदेक हुसेनले पारी सम्हाल्ने कोसिस गरेपनि लगातार दुवै आउट भएपछि सो खेलमा बंगलादेश ७ विकेटको क्षतिमा १०१ रनको नाजुक अवस्थामा पुगेको थियो।

महामुदुल्लाहले २५ र मोसदेकले १२ रनमात्र जोड्न सके । सो खेलमा मोहमद मिथुन पनि ९ रनमा आउट भए ।

बंगलादेशको दयनिय अवस्थालाई कप्तान मोर्ताजा र मेहदी हसनले आठौँ विकेटका लागि गरेको ६६ रनको साझेदारीले उसको अवस्था केहि सुधारियो।

३२ बलमा २ छक्का प्रहार गर्दै मोर्ताजाले २६ रन जोडे भने मेहदीले ४० बलमा ४२ रन बनाए।

भारतको जीतका लागि स्पिनर रविन्द्र जडेजाले उत्कृष्ट बलिङ गरे। उनले २९ रन दिदैं बंगलादेशको ४ विकेट झारेका थिए।

जवाफी ब्याटिङमा उत्रेको भारतको जीतका लागि कप्तान एवं ओपनर रोहित शर्माले नटआउट ८३ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै रोहित र शिखर धवनले ६१ रनको साझेदारी गरेका थिए । धवनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रन बनाए । महेन्द्रसिंह धोनीले ३ चौका प्रहार गर्दै २७ बलमा ३३ रन जोडेका थिए ।

बंगलादेशका लागि मसरफे मोर्ताजा, शकिब अल हसन र रुबेल हुसेनले १-१ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *