पशुपतिनाथले सबैको मनोकांक्षा पुरा गरुन ! आजको राशिफल : २०७५ साल आश्विन ८ गते सोमवारमेषः– समय प्रतिकुल बन्दै छ समयमा कामको टुङ्गो लगाउनु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आफन्तजनबाट सहयोग पाईनेछ । साँझपख खर्च बढ्न सक्छ । काममा अवरोध आउनेछ ।
वृषः–ग्रह गोचर सामान्य अनुकुल देखिन्छ । काममा देखिएका समस्या समाधान भएर जाने छन् । कुरा काट्नेहरु गल्ने छन् । सामाजिक क्षेत्र उच्च स्थान मिल्नेछ । नोकरीमा राम्रै देखिन्छ । व्यापारमा शुभ संकेत देखिने छन् ।
मिथुनः–आफ्ना काममा भन्दा अरुका काम बढि हुनेछन् । आर्जन भन्दा खर्च बढि होला । मध्यान्ह पछि समय विस्तारै अनुकुल बन्नेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । इच्छा शक्ति बढ्नेछ । तनाव घट्नेछ ।
कर्कटः– शुभ संकेत कहि मिल्ने छैन । झै झमेला मात्रै आइलाग्ने छन् । चित्त अशान्ति हुनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहला । उत्तेजनामा आएर कुनै काम नगर्नु होला क्षति धेरै हुनेछ ।
सिंहः– समयको गति सगै प्रतिकुलता बढ्ने देखिन्छ समयको सदुपयोग गर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । साँझपख काममा रोकावट आउनेछ । तनाव एवं खर्चमा वृद्धि हुनेछ । उपलब्धिका सम्भावना हराउने छन् ।
कन्याः– थकित हुने गरी काम गर्नु पर्नेछ । मुर्खहरुले बाटो अवरोध गर्न खोज्ने छन् काममा गोपनियता अप्नाउनु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् र लाभान्वित पनि भईनेछ । विवादको अन्त्य हुनेछ ।
तुलाः– समयको सदुपयोग गर्न पछि नपर्नु होला काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् । फलदायी यात्राको सम्भावना देखिन्छ । शैक्षिक मार्ग सफल देखिन्छ । अरुको भर नपर्नु होला । बाहिरी काम बढि हुने देखिन्छ ।
वृश्चिकः– घरको बातावरण तपाईको लागि अनुकुल नबन्न सक्छ । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्ने छ । काम गर्ने जोश जागर घट्नेछ । मनमा एक प्रकारको चिन्ता रहि रहला ।
धनुः– समय प्रतिकुल बन्दै छ समयको सदुपयोग गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आर्थिक कारोवार गर्दा भने सचेत हुनै पर्ने देखिन्छ । साँझपख तनाव र खर्च बढ्नेछ ।
मकरः–समय सुधारोन्मुख देखिन्छ । आफ्नो काममा नै बढि दत्तचित्त दिनुहोला । मेहनतपूर्वक गरेका काम सफल हुने छन् व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला । सामान्य सहयोग मिल्नेछ ।
कुम्भः– समय सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । जोखिम पूर्ण काममा हात नहाल्नु उचित हुनेछ ।
मिनः– आज पनि अधिकाँश समय अनुकुल छैन । काम गर्दा विचार पु¥याउनु होला । व्यापार व्यवसायमा गिरावट आउने छ । काम गर्दा विभिन्न समस्या आउन सक्छन् । अनावस्यक खर्च बढ्नेछ । साँझपख समयमा थोरै सुधार आउनेछ ।