सोनाक्षीको फ्यानलाई दु:खको खबर

२०७५ आश्विन ९, मंगलवार १०:४४ गते २०७५ आश्विन ९, मंगलवार १०:४४ गते २०७५ आश्विन ९, मंगलवार १०:४४ गते

सोनाक्षीको फ्यानलाई दु:खको खबरलोकप्रिय हिन्दी चलचित्र दवंगले ‘दबंग – ३’ बनाउने घोषणा गरेदेखि नै सिने नगरीमा ठूलो हल्ला मच्चाइरहेको छ। ‘चुलबुल पाण्डे’ बनेका सलमान खानको अभिनय सिने नगरीमा कुराकानीको विषय हो।

सँगै ‘रज्जो’ बनेकी सोनाक्षी सिन्हा पनि एकदमै रुचाइएकी पात्र हुन्। ‘दबंग–३’ बन्‍नु सलमान खानको फ्यानको लागि खुसीको समाचार हुन सक्छ। तर रज्जोलाई माया गर्नेको लागि अलि नरमाइलो खबर हुन सक्छ।

‘दबंग – ३’ मा सोनाक्षी सिन्हा केही समय र कुनै कुनै स्क्रिनमा मात्र देखिदै छिन्। निर्माताले चलचित्रको स्क्रिप्ट थोरै बदलेको र सोनाक्षीलाई मात्र केही भूमिकामा देख्न पाइनेछ। उनी यस पटक भने ‘रज्जो’ र चुलबुल बराबर भूमिकामा देखिने छैनन्। चलचित्र निर्माण टोलिले चुलबुल पाण्डे पात्रलाई धेरै महत्वमा राख्ने निर्णय गरेको छ।

फस्ट पोस्टमा आएको रिपोर्ट अनुसार दर्शकले दवंगमा सधैँ समलमानको चुलबुल पाण्डेल पात्रलाई मन पराएका छन्। त्यसैले निर्माता यही पात्रमा धेरै मेहेनत गर्न चाहन्छ।
deshsanchar

Leave a Reply

Your email address will not be published. Required fields are marked *