निर्मला हत्या प्रकरणः गृहमन्त्री बादलले गरे सनसनीपूर्ण खुलासाकाठमाण्डु टुडे
काठमाण्डु, ९ असोज – गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त बलात्कार र हत्या प्रकरणको विस्तृत रिपोर्ट आएको र अब अपराधी पनि चाँडै पक्राउ हुने बताएका छन् ।
आजको राष्ट्रिय सभा बैठकमा विशेष जानकारी गराउँदै गृहमन्त्री थापाले आज मात्रै उच्चस्तरीय छानविन समितिको प्रतिवेदन आएको जानकारी दिदै केही अपराधीका बारे पनि खुलाइएको जानकारी दिए ।
अपराधीका बारेमा पनि प्रतिवेदनमा उल्लेख भएकोले केही दिनभित्रै अपराधी पक्राउ पर्ने थापाले बताए । सरकारले निरन्तर प्रयास गरिरहेको बताउँदै थापाले विभिन्न कारणले देशमा बलात्कारको घटना बढेको बताए ।
अपराधीलाई नियन्त्रणमा लिन समय लाग्ने गरेको बताउँदै गृहमन्त्री थापाले मदन भण्डारी र आश्रितको घटनाका बारे चर्चा गरे ।
‘मदन आश्रितको हत्यारालाई अहिलेसम्म कठघरमा ल्याउन सकेको छैनौं । हत्याराहरु पता लगेको छैन’, थापाले भने, ‘केही घटनाहरुका अपराधीहरु पता लगाउन वर्षौ वर्षसम्म लाग्न सक्छ तर निर्मलालाई त्यसमा तुलना गर्न सकिदैन । हामीले तराईमा भएका घटनाहरुका अपराधीलाई पक्राउ गरिएको छ । सम्झना दासको घटनामा संलग्नलाई पनि पक्राउ गरिएको छ ।’