विज्ञापनमा दीपिका पादुकोणलाई विवाहको निम्तो आउँछ । उनी सुन्दर ड्रेस खरिद गर्न जान्छिन् र त्यो उनलाई ठिक होला कि नहोला भनेर डराउनुको साटो सात दिनमा तौल घटाउने उद्देश्यसहित कर्नफ्लेक्स खान सुरु गर्छिन् ।
दुई हप्तामा उनी पातली पनि हुन्छिन्, क्यामरा उनको कम्मरमा जुम इन हुन्छ र उनी भन्छिन्, ‘यो विवाहको सिजनमा आफ्नो तौल घटाउनुहोस्, आत्मविश्वास होइन ।’
पातली महिला मात्र सुन्दर हुन्छिन् र अर्थात्,यदि उनी पातली छैनन् भने उनमा आत्मविश्वास नै हुँदैन ।
दशकौं देखि विज्ञापनमा महिलालाई गोरी–पातली, कुशल गृहिणी, बच्चा–वृद्धलाई सम्हाल्ने र घर–अफिसबीच सन्तुलन बनाएर हिँड्ने मानिसको रुपमा चित्रित गरिन्छ ।
तर एक ताजा अनुसन्धानमा यो पत्ता लागेको छ कि एशियामा देखाइने विज्ञापनमा महिलालाई मात्र नभई पुरुषको चित्रणले पनि समाजको रुढीवादी सोच झल्काउने गर्छ ।
मात्र ९ % विज्ञापनमा पुरुषलाई घरको काम वा बच्चाको हेरबिचार गरिरहेको देखाइन्छ र मात्र तीन प्रतिशतलाई एक केयरिङ बुवाको भूमिकामा देखाइन्छ ।
चीन, भारत र इन्डोनेशियामा यो वर्षको पहिलो ६ महिनामा देखाइएका पाँच सयबढी विज्ञापनमा गरिएको यो शोधलाई अन्तर्राष्ट्रिय मिडिया कन्सल्टेन्सी कम्पनी ‘इबिक्विटी’ र बहुराष्ट्रिय कम्पनी ‘यूनिलिवर’ ले गराएको हो ।
शोधमा मात्र दुई प्रतिशत विज्ञापनमा ४० वर्षमाथिका पुरुषलाई देखाइएको छ र मात्र एक प्रतिशत यस्ता कलाकारको प्रयोग गरिएको थियो जो सुन्दरताको ‘खाँचो’ भन्दा भिन्न थिए ।
विज्ञापनबाट हावा परिवर्तन गर्ने कोसिसः
यो अचम्मित गरिदिने आँकडा त्यतिबेलाका हुन् जब पछिल्लो वर्ष विभिन्न कम्पनीले आफ्नो विज्ञापनबाट हावा परिवर्तन गर्ने कोसिस गरेका छन् ।
हेवल कम्पनीको पंखाको विज्ञापन ‘हवा बदलेगी’ मा एक युवा जोडी आफ्नो विवाह दर्ता गरिरहेको देखाइन्छ ।
श्रीमानले विवाह पछि उनकी श्रीमतीको नाम परिवर्तन नहुने बताउँदै आफ्नो नाममा श्रीमतीको थर जोड्ने बताउँछन् ।
एरियल कम्पनीको डिटर्जेन्टको विज्ञापनमा एक बुवाले आफ्नी छोरीलाई अफिसको कामका साथै श्रीमानको शर्ट धोइरहेको, छोरालाई हेमवर्क गर्न सिकाइरहेको, छरिएको खेलौना बटुलिरहेको, सबैका लागि चिया र खाना बनाइरहेको देख्छन् ।
छोरालाई घरको काम आफैंले गर्नुपर्छ भनेर नसिकाएकोमा आफू र आफूजस्तै अन्य बुवाहरु यसका लागि जिम्मेवार भएको भन्दै ती बुवा लज्जित हुन्छन् ।
दिनभरी केवल १९ मिनेटको कामः
छोरीलाई चिट्ठी लेखेर ती पिताले भन्छन् –आमा माथि पर्ने घरको कामको बोझलाई हल्का गर्नका लागि अब उनी कपडा धोएर यसको सुरुवात गनेछन् ।
ओइसीडी (अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट)को एक शोध अनुसार भारतमा पुरुषले दिनमा १९ मिनेट घरको काममा खर्च गर्छन् भने महिलाले दुई सय ९८ मिनेट ।
भारतीय पुरुषको घरेलु काममा सहभागीताको यो आँकडा संसारभरी सबैभन्दा कम मध्येको एक हो ।
यस्तोमा विज्ञापनमा परिवर्तित सोचलाई देखाउनु थप महत्वपूर्ण हुन्छ ।
स्कचब्राइट कम्पनीको एक विज्ञापन, ‘घर सबका काम सबका’ मा एक पुरुषले भाँडा माझिरहेको देखाइएको छ ।
ती पुरुष भन्छन्, ‘यो कुनै ठूलो कुरा होइन किनभने घरको काम सबैको काम हो ।’
रेमन्ड कम्पनीले पनि आफ्नो पुरानो स्लोगन ‘द कम्प्लिट म्यान’ को नयाँ अर्थ निकालेको छ । यो विज्ञापनमा पनि श्रीमानले आफ्नो नवजात शिशुको हेरबिचारका लागि घरमा बस्ने निर्णय गरे ता कि श्रीमती ढुक्क भएर काममा जान सकून् ।
बच्चाको हेरबिचार र घरको काममा मात्र होइन, अन्य थुप्रै विषय र सम्बन्धमा पुरुषको परिवर्तित भूमिकालाई देखाइएको छ ।
फोन बेच्ने कम्पनी माइक्रोम्याक्सले रक्षाबन्धनमा जारी गरेको आफ्नो विशेष विज्ञापनमा एक भाइले आफ्नी दिदीलाई नारीमा राखी बाँधिरहेको देखाइएको छ ।
दिदीले आफूलाई आशा गरे अनुरुप माया र केयर गरेकाले भाइ आफ्नी दिदीलाई धन्यवाद दिन चाहन्थे ।
कपडाको कम्पनी बीबाको ‘चेन्ज द कनभर्सेशन’ विज्ञापनमा युवतीका पिता दाइजो नलिने कुरा गर्छन् ।
तर यस्ता परिवर्तन कछुवाको गतीमा सुरु भएको छ र यसलाई गती दिनका लागि सन् २०१७ मा यूएन वुमन ‘वर्ल्ड फेडरेशन आफ एडभर्टाइजर्स’ (WFA) र विज्ञापन जगतका विभिन्न अन्तर्राष्ट्रिय कम्पनी साथ मिलेर ‘अनस्टेरियाटाइप एलायन्स’ बनाए ।
डब्ल्यूएफएका अध्यक्ष अनुसार विज्ञापन उद्योगले समाजको वास्तविक अनुहार देखाउने हिम्मत गर्नुपर्छ जसले समानताको तर्फ भइरहेको सकारात्मक परिवर्तन देखाइयोस् ।
यसै सोचलाई ध्यानमा रखेर यो एलायन्सका सदस्य युनिलिभरले यशराज फिल्म्ससँग मिलेर तेस्रोलिङ्गीहरुको ब्यान्ड ‘सिक्स प्याक ब्यान्ड’ लाई लञ्च गरेको थियो ।
‘हम हे ह्याप्पी’ नामको उक्त क्याम्पेनको उद्देश्य तेस्रोलिङ्गी समुदायका लागि बनेको आम धारणा परिवर्तन गर्नु थियो ।
डब्ल्यूएफएका सिइओ स्टिफन लोर्क अनुसार विज्ञापन बनाउने बेला खुल्ला सोच राख्नु एउटा राम्रो र जिम्मेवार कदम मात्र नभई यसले व्यापारलाई पनि फाइदा पुग्ने आशा छ ।
दिव्या आर्य /बीबीसी
ratopati