(एजेन्सी) काठमाडौं । फेसबुक तथा म्यासेन्जरको चलाउने‘स्टोरिजफिचर्स’ प्रयोगकर्ता ३० करोड नाघेका छन् । सुरुवातमा यो फिचर्समा मानिसहरुको आकर्षण खासै रहेको नदेखिए पनि पछिल्लो समय यसलाई धेरैले रुचाएका हुन् ।
यसअघि फेसबुकको माथि केही खाली रहेको स्थानमा स्टोरिज राख्ने योजना ल्याएसँगै मानिसहरुको चासो यसमा परेको हो । फेसबुकको स्न्यापच्याटबाट प्रभावित भएर यो फिचर्स ल्याउने निर्णय गरेको थियो ।
जसमा मानिसहरुले राखेको फोटो तथा कुनै टेक्स २४ घण्टापछि आफैं हराएर जान्छ ।
फेसबुकले आफ्ना दुई प्लेटफर्ममा एकैसाथ यो फिचर्स प्रयोग गर्दै म्यासेन्जरमा राखिएको स्टोरिजहरु आफैं फेसबुकमा आउने गरेको छ ।
यो विवरण सार्वजनिक गर्दै फेसबुकले आफ्नो यो फिचर्सको माध्यमबाट विज्ञापन पनि दिन सकिने योजना अघि सारेको छ । फेसबुकका सीईओ मार्क जुकरवर्गले आगामी दिनमा स्टोरिजको फिचर्स निकै महत्वपूर्ण हुनसक्ने विश्वास व्यक्त गरे । उनले मानिसहरुले अबको केही समयअघि फेसबुकको न्युज फिडमा भन्दा पनि स्टोरिजमा बढी जोड दिने विश्वास व्यक्त गरेका छन् ।
फेसबुकले आफ्नो स्टोरिजहरु वाट्सएप र इन्स्टाग्राममा पनि प्रयोग गर्दै आएको छ । उक्त प्लेटफर्ममामा भने गत जुन महिनामा ४० करोडभन्दा बढी दैनिक प्रयोगकर्ताहरु रहेको पाइएको थियो ।
hamra kura