मलेसियामा कामदार रोकिँदा पहिलो गन्तव्य बन्यो कतार

२०७५ आश्विन १२, शुक्रबार ११:२३ गते २०७५ आश्विन १२, शुक्रबार ११:२३ गते २०७५ आश्विन १२, शुक्रबार ११:२३ गते

मलेसियामा कामदार रोकिँदा पहिलो गन्तव्य बन्यो कतारकाठमाडौं असोज १२
मलेसियाका लागि श्रम स्वीकृति रोकिएसँगै कामका लागि विदेसिने नेपालीको पहिलो गन्तव्य कतार बनेको छ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार साउन र भदौ महिनामा सबैभन्दा धेरै नेपाली कतारमा पुगेका छन्।

साउनमा कुल ७ हजार ८५२ र भदौमा ६ हजार १४ जनाले कतारका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ। कुल श्रम स्वीकृति लिने संख्यामा यो ३७ प्रतिशत हो।

गत साउन तथा भदौमा मलेसिया पहिलो गन्तव्य बनेको थियो। अहिले भने पाँचौ स्थानमा झरेको छ। कतारपछि दुबई दोस्रो गन्तव्य बनेको छ। साउनमा कुल ५ हजार १८३ ले र भदौमा ३ हजार ३५२ ले दुबईका लागि श्रम स्वीकृति लिएका छन्।

दुबईपछि क्रमशः साउदी अरब र कुवेत तेस्रो र चौथो प्रमुख गन्तव्य हुन्। साउदीका लागि साउनमा २ हजार ७५१ र भदौमा २ हजार १८२ ले अन्तिम श्रम स्वीकृति लिएका छन्।

त्यस्तै कुवेतका लागि साउनमा १ हजार ६७६ ले श्रम स्वीकृति पाएका छन् भने भदौमा १ हजार १४५ ले लिएका छन्। साउनमा मलेसियामा जम्मा ४३४ जना गएका छन् भने भदौमा जानेको संख्या १ हजार ८ सय पुगेको छ।

केही महिनायता मलेसियाका लागि श्रम स्वीकृति दिने कार्य रोकिएको छ। मलेसियामा पठाइने कामदारको स्वास्थ्य परीक्षणका लागि खडा भएका संस्थाहरु खारेज भएसँगै मलेसियामा श्रम स्वीकृति रोकिएको हो।

जसले गर्दा मलेसिया जाने नेपालीको संख्या घटेको हो। सम्पूर्ण प्रक्रिया पुरा भएर पनि रोकिएका कामदारलाई मलेसिया जानका लागि बाटो खुलेपछि भदौमा जानेको संख्या केही बढेको हो।
setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *