०७५ असोज १३ गते , पर्सा । वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा एक व्यक्तिलाई लक्षित गरी चार राउण्ड गोली प्रहार गरिएको छ । मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान दुई बजेतिर अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो ।
तर गोली नलागेकाले साह सकुशल छन् । कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली हानेको थियो ।
उनलाई गोली कसले हान्यो र किन हान्यो भन्ने खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् DSP सत्यनारायण थापाले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिए ।साह भारत पूर्वीचम्पारण निवासी हुन् ।
उनी कोइला सम्बन्धी काम गर्ने नबल इन्टरप्राइजेज वीरगञ्जमा म्यानेजरको रुपमा कार्यरत छन्
घटनास्थल भारतीय सीमा क्षेत्रभन्दा ५० मिटर वर पर्दछ ।
गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको अनुमान गरिएको छ ।
यसअघि सुनसरीमा शिक्षक खुर्सिद आलम अन्सारीको अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो ।
online khaber