बेलायतको ट्राभल गाइड अनुसार विश्वका १० सुन्दर देशहरुको सुचीमा नेपाल पहिलो, भारत र चिन सुचिमै परेनन्बेलायतको ट्राभल गाइड बुकले प्रकाशित गरेको पर्यटकीय गन्तव्यका लागि विश्वका १० सुन्दर देशहरुको सुचीमा नेपाल पहिलो नम्बरमा परेको छ । विश्वका १० देशहरुको सुचिमा भ्रमणका लागि नेपाल पहिलो नम्बरमा परेको छ । सन् २०१६ मा भ्रमणका लागि बेलायतको रफ गाइडले प्रकाशित गरेको विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको हो । विभिन्न प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो देश नेपाल, यहाँका सुन्दर अनि रमणिय स्थलहरुको नाम भनेर अनि संख्या गनेर साध्य लाग्दैन भने आफ्नै देशमा जन्मिएर पनि हामि ति स्थलहरुमा घुमेर सकिदैन ।
मुस्तांगको हिमाली क्षेत्र : ०७२ साल वैशाख १२ गते गएको भूकम्पले थिलो थिलो भएको अवस्थामा पनि विभिन्न आरोह अबरोह पार गर्दै नेपालको पर्यटन व्यावसाय माथि उक्लदै गएको छ भन्दै गाईडले नेपाल भ्रमण गर्न योग्य सुन्दर देश भनेको छ ।
रफ गाईडले नेपालको ट्रेकिङ रुट, होम स्टे तथा विभिन्न सांस्कृतिक क्षेत्रलाई पर्यटकीय आकर्षणको मुख्य केन्द्र भनेको छ । भूकम्पले आफ्ना प्रियजन गुमाउनुको पिडा ,अथाह धनजनको क्षतिका बाबजुत पनि नेपाली जनताको आत्मिय स्वागत र व्यवहारलाई पनि नेपाली पर्यटन क्षेत्रको सुन्दर र सबल पक्ष भनेको छ । विभिन्न हिम श्रृँखला, जंगली जनावर तथा विविधताले भरिपूर्ण नेपाली जंगलहरुलाई पर्यटनका लागि उत्कृष्ट रहेको बताईएको छ । रफ गाइडको १० देशको सूचीमा नेपाल पहिलो ,कोलम्बियालाई दोस्रो नम्बरमा राखिएको छ ।
त्यस्तै क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा श्रीलंका दशौं नम्बरमा परेका छन् । यता नेपालका हितैसी छिमेकी देशहरु भारत र चिनलाई भने रफ गाइडले प्रकाशित गरेको सुचिमा कुनै पनि स्थान दिईएको छैन्
mechikalikhabar