लोकप्रिय गायक राजेशपायल राईको आज जन्मदिन, कहिले गर्छन् बिहे ?

२०७५ आश्विन १४, आईतवार १०:४० गते २०७५ आश्विन १४, आईतवार १०:४० गते २०७५ आश्विन १४, आईतवार १०:४० गते

लोकप्रिय गायक राजेशपायल राईको आज जन्मदिन, कहिले गर्छन् बिहे ?काठमाडौं, १४ असोज । लोकप्रिय गायक राजेशपायल राईको आज जन्मदिन । सन् १९७५ सेप्टेम्बर ३० तारिखका दिन राजेशको जन्म खोटाङ जिल्लामा भएको हो ।

राजेशपायल आज आफ्नो ४४ औं जन्मदिन मनाउँदैछन् । आफ्नो आधा जीवन बिताइसकेका उनी अझै अविवाहित छन् । नेपाली संगीत क्षेत्रमा ‘भर्सटाइल’ गायकको छवि बनाएका राजेशले अहिलेसम्म सोलो गीति एल्बम मात्रै १८ वटा निकालिसकेका छन् ।

नेपाली चलचित्रमा सबैभन्दा धेरै पाश्र्व स्वर दिने गायकमा राजेशपायलकै नाम रहेको छ । उनी गीत आफैं लेख्छन्, आफैं कम्पोज र स्वर दिन सक्छन् । जस्तोसुकै गीत पनि मिठासमा गाउन सक्ने भएकाले पनि राजेशलाई भर्सटाइल गायक भनिएको हो ।

राजेश कलाकार पनि हुन् । उनले कानुनलगायतका चलचित्रमा अभिनेताको भूमिका निभाएका छन् । नेपालभन्दा धेरै उनी विदेशमा स्टेज शो गर्न व्यस्त छन् । गीत गाएरै घरसमेत किनेका राजेशले कहिले बिहे गर्छन् भन्ने विषयले उनलाई पनि धुरुक्कै बनाएको छ । उनको नाम विभिन्न नायिकासँग समेत जोडेर आउने गरेको छ । भन्छन्, ‘अब चाँडै बिहे गर्छु होला, त्यसबेला सबैलाई जानकारी गराइहाल्छु नि ।’ via~medianp

Leave a Reply

Your email address will not be published. Required fields are marked *