निर्मलालाई न्याय माग्दै सिंहदरबारको गेटमै प्रदर्शन, निषेधित क्षेत्रमा नाराबाजीफोटोः किरण दाहाल/अन्नपूर्ण
काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्या य माग्दै सरकारको प्रमुख प्रशासनीक भवन सिंहदरबार छिर्ने गेट अगाडि प्रदर्शन भएको छ।
युवाहरूको समूह सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरेका हुन्।
प्रदर्शनकारीको समूह निषेधित क्षेत्रभित्र आएर धर्ना बसेर नाराबाजी गरेको अन्नपूर्ण सम्वाददाता किरण दाहालले जानकारी दिए।
उनीहरूले १० मिनेट प्रदर्शन तथा नाराबाजी गरेका छन्। प्रदर्शनकारीहरूले देशमा भइरहेका आपराधिक घटनामा सरकार मुकदर्शक बनेर बसेको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन्।
उनीहरू अपर्झट आएर धर्ना कसेकाले प्रहरीले समेत मेसो पाएन। सिंहदरबार गेटमा रहेका सुरक्षाकर्मीले गेटमै रोकेपछि उनीहरू त्यहीँ बसेर नाराबाजी गरेका थिए।
annapurna post