रूकुममा विद्यालयबाटै शिक्षक वेपत्ता, ‘कि सास चाहियो कि लास’ भन्दै आफन्त अान्दोलनमा

२०७५ आश्विन १८, बिहीबार ०६:०५ गते २०७५ आश्विन १८, बिहीबार ०६:०५ गते २०७५ आश्विन १८, बिहीबार ०६:०५ गते

रूकुममा विद्यालयबाटै शिक्षक वेपत्ता, ‘कि सास चाहियो कि लास’ भन्दै आफन्त अान्दोलनमा१८ असोज, काठमाडाैँ । रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको आधारभुत विद्यालय पेल्मा–२ मा अध्यापन गराउनुहुने शिक्षक मखन केसी बेपत्ता भएको झन्डै डेढ महिना भयो । उनको अहिलेसम्म अत्तोपत्तो छैन । ‘कि सास चाहियो कि लास’ भन्दै आफन्तजनले बुधबारदेखि सदरमुकाम रुकुमकोटमा आन्दोलनका कार्यक्रम सुरु गरेको उज्यालोअनलाइनले जनाएको छ ।

बुधबार परिवारजनले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना दिएका छन् । वास्तविकता सार्वजनिक र दोषीमाथि कारवाही नभए सम्म धर्ना, अनसन र दबाबका चरणबद्ध कार्यक्रम गरिने उनीहरुले बताएका छन् । सिस्ने गाउँपालिका वडा नं ६ घर भएका शिक्षक मखन केसी गएको २३ वर्षदेखि यो विद्यालयमा पढाउँदै अाएका थिए ।

गएको साउन ३१ गते विद्यालय परिसरमै स्थानीय केही व्यक्तिद्वाारा कुटिएका शिक्षक केसीको स्थानीय मेडिकलमा सामान्य उपचार गरिएको र भदौ १४ गतेदेखि बेपत्ता बनाइएको परिवारको भनाई छ । घटनाको कारण भने अझै खुल्न सकेको छैन । कुटपीटको आरोपमा यही गाउँपालिका–१० का विकास वुढामगर (खीन्टे)लाई प्रहरीले पक्राउ गरेको र घटनामा संलग्न अन्य दुईजना फरार रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *