भोलि शुक्रबार यसरी गर्नुहोस् लक्ष्मीको पूजा ! जीवनमा कैले पनि हुनेछैन धनको कमिकाठमाडौँ,१८ असोज । हिन्दु धर्मावलम्बीहरुले लक्ष्मीलाई धनकी देवीको रुपमा मान्ने गर्छन् । लक्ष्मीको पूजा आरधना गर्नाले सुख समृद्धि र धन प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ ।
लक्ष्मीलाई खुसी राख्न सके आफ्नो घरमा लक्ष्मीले बास गर्ने र धन आर्जन हुने मान्यता रहेको छ । लक्ष्मीलाई देवी, धन, भाग्य, प्रेम सौन्दर्यकी प्रतिकको रुपमा मान्ने गरिन्छ । एकै ठाउँमा बस्न नचाहने भएकाले लक्ष्मीलाई चन्चल स्वभावकी देवी पनि भन्ने गरिन्छ । बिशेषत शुक्रबारको दिन लक्ष्मी माताको बर्त बसे राम्रो हुन्छ भन्ने विश्वास रहेको छ ।
शुक्रबारको दिन लक्ष्मीलाई विधिगत रुपमा पूजा गरेर खुसी बनाउन सके जीवन भरि आर्थिक पक्ष बलियो रहन्छ भन्ने मान्यता छ । आज हामी तपाईलाई कसरी पूजा गर्दा लक्ष्मीलाई खुसी बनाउन सकिन्छ भन्ने बारे बताउँन गइरहेका छौँ । शुक्रबार वर्त लिने व्यक्तिले फलाहरको रुपमा चना र सुख्खा सख्खर प्रयोग गर्नुपर्छ । यस दिन वर्त बस्ने व्यक्तिले अमिलो खानु र अमिलो चिजहरु प्रयोग गर्नु सबैभन्दा ठूलो गल्ती मानिएको छ । लक्ष्मीको बर्त बसेका दिन वर्त लिने व्यक्तिले मात्र हैन परिवारका कुनै पनि सदस्यले अमिलो पदार्थहरु चलाउनु हुँदैन् ।
लक्ष्मीको पूजा गर्ने विधि : बिहान उठेर नुहाएर शुद्ध कपडा लगाएर लक्ष्मी मातासँगै अन्य भगवानको पूजा गर्नुपर्छ । लक्ष्मीलाई चढाएको प्रसादको रुपमा सख्खर र चना खान सकिनेछ । दिनमा सन्तोषी माताको कथा पढेर अरुलाई सुनाउने गर्नुपर्छ । लक्ष्मीलाई चढाएको सख्खर र चनाले भरिएको डालोमाथि पवित्र जलले भरिएको ठूलो कलश राखिनु पर्नेछ । यसरी कलश राखेपछि कलशलाई अविर र केशरीले सिंगारेर पूजा गर्नुपर्नेछ ।
यसरी पूजा गरिसकेपछि साँझको समयमा माता लक्ष्मीको आरती गरि कलशको जल तुलसीको मोठमा वा तुलसीको फेदमा चढाउनुपर्ने छ । यसरी विधिवत रुपमा पूजा गरेर माता लक्ष्मीलाई खुसी पार्न सके परिवारमा सुख शान्तिको आगमन हुनुको साथै बालबच्चा बालग्रह तथा रोगव्याधिको अन्त्य हुने बताइएको छ । परिवारका हरेक कुराहरु राम्रो हुने र बाधाहरु हटर जाने र प्रशस्त भन आर्जन गर्न सकिने विश्वास रहेको छ ।
mechikalikhabar