नायिका निशा अधिकारीको आज जन्मदिन, कति वर्ष लागिन् त ?काठमाडौं, १८ असोज । नायिका निशा अधिकारीको आज जन्मदिन । सन् १९८६ अक्टोबर ४ तारिखका दिन निशाको जन्म भएको हो । यस आधारमा आज उनी आफ्नो ३३औं जन्मदिन मनाउँदैछिन् ।
हाल अमेरिकामा रहेकी निशाले दुई वर्ष जति भयो नेपाली चलचित्र क्षेत्र छाडेको । क्रिकेटर शरद भेषवाकरसँग बिहे गरेर अमेरिका लागेकी उनी अहिले आफ्नो छोरालाई हुर्काउँदैछिन् । उनले पछिल्लो समय निर्माण गरेको ‘झ्यानाकुटी’ चलचित्रले राम्रो व्यापार गरेको थियो ।
कान्तिपुर टिभीबाट आउने ‘घरबेटी बा’ टेलिफिल्मबाट अभिनय यात्रा सुरु गरेकी निशाको पहिलो चलचित्र ‘मिसन पैसा’ हो । त्यसपछि उनले दुई दर्जन बढी चलचित्रमा अभिनय गरिन् । via~medianp