मनोहरा मुलपानी को जुवाघरमा प्रहरीको छापा :भागदौडमा दुईको मृत्यु

२०७५ आश्विन २०, शनिबार १५:०६ गते २०७५ आश्विन २०, शनिबार १५:०६ गते २०७५ आश्विन २०, शनिबार १५:०६ गते

२० आश्विन २०७५, शनिवार  ; काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मुलपानीमा जुवाको खालमा प्रहरीको ठूलो टोलीले छापा मारेको घटनाबारे स्थानीय जनप्रतिनिधिलाई स्पष्ट जानकारी नभएको देखिएको छ ।

वडा नम्बर ७ का अध्यक्ष जीवन थापाले घटनाबारे आफूहरुले राति १२ बजे थाहा पाएको बताए । प्रहरीले छापा मार्दा घरको तेस्रो तलबाट हामफालेका मध्ये दुईजनाको ज्यान गएको बताए ।

घटनाबारे सोध्दा वडाध्यक्ष थापाले भने, ‘मलाई राति १२ बजेतिर बौद्धका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले फोन गरेर जानकारी दिनुभएको हो । सवारी साधन छैन भनेपछि उहाँहरु नै आएर मलाई घटनास्थल लैजानुभयो । त्यहाँ पुग्दा दुईजना खसेको भनिएको ठाउँमा रगतको आहाल थियो ।’

अरु केही घरको अर्कोपट्टीबाट हामफालेर भाग्न सफल भएको प्रहरीले जानकारी दिएको उनले बताए ।

घटनास्थलमा चार लाख ५८ हजारसहित केही चेक र सुनका गहना देखिएको वडाध्यक्ष थापाले बताए । थापालाई फोन गर्नुअघि प्रहरीले वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयाँललाई फोन गरेर जानकारी गराएका थिए । उनले घटनास्थल आफ्नो वडामा नपर्ने जानकारी गराएपछि थापालाई फोन गरेका हुन् ।

वडा नम्बर ७ का अध्यक्ष थापाका अनुसार प्रहरीको ठूलो टोली पुगेको थियो । घरको च्यानल गेट फोरेर छिरेको र आफूहरुलाई देखेपछि जुवाडेहरु भागेको प्रहरीले बताएको थापाले जानकारी दिए ।

भाग्ने क्रममा चार तले घरको तेस्रो तलबाट हामफालेका दुईजना गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल लगिएको बताएका थिए । प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घाइते अवस्थामा दुईजनालाई अस्पताल लगेको बताए पनि डाक्टरले भने उनीहरुको अस्पताल ल्याउनु पहिले नै ज्यान गइसकेको बताएका छन् । भाग्ने क्रममा हामफालेर मृत्यु भएको भनिएका ४१ वर्षीय सरोज घले र सिन्धुपाल्चोक भोटेचौरका सुमन लामा अस्पताल ल्याइपुर्याउँदा मृत अवस्थामै रहेको बि एण्ड बि अस्पालमा शुक्रबार रातिको ड्युटिमा रहेका डाक्टरले बताए ।

ती डाक्टरले भने, ‘उनीहरु दुवैको अस्पताल ल्याउँदा ज्यान गइसकेको थियो । टाउकोमा गम्भीर चोट लागेको थियो । यस्तै छातीमा पनि चोट थियो । एकजनाको हात भाँच्चिएको थियो । चोटको प्रकृति हेर्दा माथिबाट खसेको जस्तो देखिन्थ्यो ।’

महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामासहितको टोलीले शुक्रबार राति कागेश्वरी मनोहरा–७ मा टेण्डी शेर्पाको घरमा जुवा खेलाएको थाहा पाएपछि छापा मार्न गएको हो ।

जुवा खेलाउने हेमा लामा भने पैसा लिएर फरार भएको प्रहरीले बताए ।

स्थानीय बासिन्दाले यसअघि त्यहाँ जुवा खेलाउने गरेको थाहा नभएको तर केही दिनदेखि त्यहाँ जुवा खेलाउने काम भइरहेको प्रहरीले आफूलाई भनेको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले बताए ।

desha sanchar

Leave a Reply

Your email address will not be published. Required fields are marked *