२० आश्विन २०७५, शनिवार काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारमा रहेका मन्त्रीहरुले बिज्ञहरुसँग सुझाव लिएर काम गर्नुपर्ने सुझाब दिएका हुन् ।
राष्ट्रिय आर्थिक मासिकले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले कुनै पनि योजना कार्यान्वय गर्दा पूर्वमन्त्री, कर्मचारी र बिज्ञहरुसँग सुझाव लिनुपर्ने बताएका हुन् । नेता नेपालले लामो समयसम्म पनि आयोजना पुरा नहुनु दुर्भाग्य भएको टिप्पणी गरे हुन्।
समयमा नै पुल, सडक निर्माण नहुदा भ्रष्टाचार मौलाउने खतरा रहेको उनको भनाई छ । उनले सरकारको कामले पनि गति लिनुपर्ने धारणा राखे । उनले बिभिन्न बहानमा वन फडानी भईरहेको भन्दै बिकास निर्माण र पर्यावरणीय क्षेत्रमा समन्वय हुनुपर्ने उल्लेख गरे ।
उनले तल्लो तहले कुनैपनि आयोजना निर्माण गर्दा आफुभन्दा माथिल्लो निकायसँग छलफल गरेर मात्र काम सुरु गर्नुपर्ने पनि बताए । उनले अब सबैको ध्यान जनतासंग प्रत्यक्ष सरोकार राख्ने काममा केन्द्रित गर्नुपर्ने जिकिर गरे ।
nepal.com