वृष, धनु र कर्कट राशि हुनेले नछुटाइ पढ्नुहोस् । राशिको स्वभावका आधारमा प्रेम सम्बन्धराशिअनुसार मानिसको स्वभाव पनि फरक हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रको मान्यताअनुसार राशिकै आधारमा व्यक्तिको स्वभावको मूल्याङ्कन र भविश्य निर्धारण हुन्छ । राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा ।
तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ ।
वृष राशि -वृष राशि हुने व्यक्तिका लागि वृष, कन्या या मकर राशिका साथी श्रेष्ठ हुन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदि कुनै व्यक्तिको राशि वृष हो र उ कर्कट, वृश्चिक या मीन राशिका साथी रोज्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जो मानिसको राशि वृष हो उनको लागि मेष, सिंह, या धनु राशिका व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । वृष राशिका लागि मिथुन, तुला या कुम्भ राशि हुनेहरूका साथ जोडी राम्रो मानिदैन ।
धनु राशि -धनु राशि हुने व्यक्तिका लागि मेष, सिंह या धनु राशि भएका व्यक्तिसँगको सम्बन्ध उत्तम मानिन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै व्यक्तिको राशि धनु हो र उ मिथुन, तुला या कुम्भ राशिका साथी बनाउन चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशि धनु हो उसको लागि वृष, कन्या या मकर राशिको व्यक्तिको साथ प्रेम सम्बन्ध सफल हुने ५०–५० सम्भावना रहनेछ । धनु राशिका लागि कर्कट, वृश्चिक या मीन राशि हुनेहरुका सँगको जोडी त्यति राम्रो मानिदैन ।
कर्कट राशि -जुन मानिसको राशि कर्कट हो उनको लागि कर्कट, वृश्चिक या मीन राशिको साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध उत्तम मानिन्छ । कर्कट राशिका मानिसका लागि वृष, कन्या या मकर राशिका साथी सामान्य हुन्छन् । यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन, तुला या कुम्भ राशिका मानिससँग कर्कट राशिको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । कर्कट राशिका मानिसका लागि मेष, सिंह या धनु राशि हुनेहरु त्यति राम्रो मानिदैन । यिनीहरुको प्रेम प्रसंगको सफलताको सम्भावना पनि एकदमै कम हुन्छ ।