चर्चित मोडल रन्जिता गुरुङ बनिन् आमा, हेर्नुहोस छोराका तस्बिरहरु
काठमाडौँ, चर्चित मोडल रन्जिता गुरुङ फेरी आमा बनेकी छन् । अक्टोबर ३ मा केहि तस्बिर आफ्नो फेसबुक एकाउण्टमा सार्वजनिक गर्दै उनले सबैलाई यसको जानकारी दिएकी हुन् । उनले फेसबुकमा आफ्नो र छोराको तब्विर सार्वजनिक गर्दै उनि लेख्छिन् ,’माई लिटिल हिरो’ ।
छोराको नाम भने नखुलाएकी उनकी एक छोरी समेत रहेकी छन् ।
बिशेष गरी लोक संगीतमा जमेकी रन्जिता यसै कारण केहि महिना देखि गीत संगीतबाट टाढा रहेकी थिइन् । हरेक तीजमा आफ्नो नृत्यले दर्शक लोभ्याउने उनि यस बर्ष तीज गीतबाट समेत टाढा रहिन् । बिगत लामो समय देखि गीत संगीतमा आफ्नो अभिनयको जादुले लाखौँको मन जित्दै आएकी अभिनेत्री गुरुङले ‘गोर्खा पल्टन’, ‘वडा न ६’, ‘दशगजा’ लगायत अन्य फिल्ममा समेत अभिनय गरेकी छन् ।
हेर्नुहोस उनले छोरासंग लिएका केहि तस्बिर :