स्टार खेलाडी बिनाको अर्जेन्टिनाले इराकमाथि शानदार जित दर्ता गरेको छ । साउदी अरेबियामा बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इराकलाई ४ ० ले हराएको हो ।
अर्जेन्टिनाको टिममा धेरैजसो युवा खेलाडी थिए । उसका लागि लाउतारो मार्टिनेजले गोल गरे । उनको यो राष्ट्रिय टिमका लागि पहिलो गोल हो । यस्तै पाउलो डिबालाको सहयोगमा रोबर्तो परेयराले गोल गरे ।
यस्तै अर्जेन्टिनाका लागि तेस्रो गोल जर्मन पजेलाले गरेका हुन् । यस्तै फ्रान्को सेर्भीले गोल गरेपछि अर्जेन्टिनाले ४ ० को जित निश्चित गरेको हो ।
यो खेलमा अर्जेन्टिना लियोनल मेस्सी, सर्जियो अग्युरो, गोन्जालो हेगुइनसहितका स्टार खेलाडी बिना मैदानमा थियो ।
-deshsanchar