विश्वका हरकोही मानिसमा अलग अलग विशेषता हुन्छन् । फरक फरक रुची, आचरण र बानी ब्यबहारले नै एक मानिस अर्को भन्दा भिन्न देखिने गर्छ । तर, विश्वमा केही यस्ता मानिस पनि हुन्छन्, जसको विशेषता र क्षमता विचित्र किसिमको हुन्छ ।
त्यस्तै एक विशेष विशेषता भएका व्यक्ति मध्येका हुन्, इंग्ल्याण्डको लिभरपुलका जोन ड्योल । जोन आफ्नो आँखालाई थोरै बाहिर निकालेर पुनः भित्र छिराउन सक्छन् ।
जोनले आफ्नो यही क्षमताका आधारमा विश्व रेकर्ड बनाउने दाबी गरेका छन् । जोनले भिडियो सेयरिङ साईट यु–ट्युवमा एक भिडियो अपलोड गरेका थिए । जसमा उनले आफ्नो यस्तो असाधारण क्षमता देखाउन खोजेका छन् ।जुन भिडियो यु–ट्युवमा निकै चर्चित भएको थियो ।
३५ वर्षीय जोनको नाममा अहिले १२ मिलिमिटरसम्म आँखा बाहिर निकाल्ने सम्बन्धी रेकर्ड रहेको छ । जोनले आफ्नो यस क्षमतालाई अझ अगाडि बढाउन चाहेका जनाइएको छ । from-hamraakura