चुनावमा गरेको प्रतिवद्धता अनुसार काम गर्न सकेनाैं :अध्यक्ष दाहाल

२०७५ आश्विन २८, आईतवार ०२:०३ गते २०७५ आश्विन २८, आईतवार ०२:०३ गते २०७५ आश्विन २८, आईतवार ०२:०३ गते
g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf cWoIf Pj+ k"j{k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú cfh dWok'/lyldsf] gub]zdf g]skf dWok'/ lyld sld6Ln] cfof]hgf u/]sf] z'esfdgf cfbfg k|bfg Pj+ t'Rrf sfo{qmd pb3f6g ub}{ . tl:j/ M /d]z lu/L, eQmk'/, /f;;

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा जनतासँग गरेको प्रतिवद्धता अनुसार सरकारबाट काम हुन नसकेको बताउनु भएको छ ।

शनिबार मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुर थिमि कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै सरकारले चाहेर पनि हुन नसकेका कामहरु अब दसैंलगत्तै सुरु गर्ने बताउनुभयो ।

उहाँले जनताको चाहना र प्रतिवद्धता अनुसार काम गर्न प्रधानमन्त्रीसँग छलफल भइरहेको बताउँदै दसैंपछि जनताले सरकारको काम तीव्र्र गतिमा देख्ने भनाई राख्नुभयो ।

चुनावमा जनतामाझ जाँदा गरेका प्रतिबद्धता सरकारले पूरा गर्ने बताउँदै अध्यक्ष दाहालले भन्नुभयो,‘जनताको सुशासन, भ्रष्टाचार, मंहगी नियन्त्रणका कुरा, वृद्ध भत्ता बढाउने कुरा निर्वाचनका बेलामा जे जे प्रतिवद्धता गरिएको थियो, त्यसलाई जनताले चाहेजस्तो नभएको हो कि भन्ने जनताको गुनासोहरु सुनेका छांै, अब त्यसको समाधान हुन्छ, जनताको सबै चाहना सम्बोधन हुने गरि सरकारले अब काम गर्छ ।’

काठमाण्डौंका खाल्डाखुल्टी पुर्ने र जनताको आकांक्षा पूरा गर्नेबारेमा प्रधानमन्त्री र पार्टीको सचिवालयमा आफ्नो छलफल भईरहेको बताउँदै उहाँले भन्नुभयो,‘काठमाडौं उपत्यकाका सडकका खाल्डा खुल्डी पुर्ने संकल्प वर्षाका कारण पूरा भएन तर अब आउने नयाँ वर्ष अगाडि नै काठमाडौं, भक्तपुर र ललितपुरका मूल सडकहरु कालो पत्र गरिसक्ने छांै, काठमाडौलाई विकासको दृष्टिकोणले सभ्यताको नयाँ चरणमा प्रवेश गराउने संकल्प हामीले गरेका छाैं, त्यो पूरा गर्छौ ।’   – for photofeature : ujyalo

Leave a Reply

Your email address will not be published. Required fields are marked *