निर्मला हत्या प्रकरण : शंकास्पद व्यक्तिको डिएनए परीक्षणको तयारी

२०७५ कार्तिक १३, मंगलवार ०३:५५ गते २०७५ कार्तिक १३, मंगलवार ०३:५५ गते २०७५ कार्तिक १३, मंगलवार ०३:५५ गते

काठमाडौं- निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएको प्रहरीले थप व्यक्तिको डिएनए परीक्षण गर्ने भएको छ।

घटनाको ९६ दिन बितिसक्दा पनि दोषी पत्ता लाग्न नसक्दा प्रहरीमाथि थप दबाब बढेको छ। निश्चित संख्यामा नभए पनि बढी शंकास्पद व्यक्तिको डिएनए परीक्षण गरिने कञ्चनपुरका एसपी कुबेर कडायतले बताए। ‘कम शंका लागेकाहरुको परीक्षण गर्ने कुरा भएन,’ उनले भने, ‘केही व्यक्ति हाम्रो नियन्त्रणमा छन्। तीमध्ये बढी शंका लागेका माथि डिएनए टेस्ट गरिन्छ।’

यसअघि हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, दीलिपसिंह विष्ट र चक्र बडूको रगत संकलन गरी डिएनए परीक्षण गरिएको थियो। तर पनि प्रहरी टुंगोमा पुग्न सकेन। निर्मलाको ‘भेजाइनल स्वाब’मा भेटिएको बलात्कारीको शुक्रकीटसँग उनीहरुको शुक्रकीट मेल नखाएको हो।

उक्त हत्या प्रकरणमा अनुसन्धान गर्न विभिन्न छानबिन समिति बने पनि उपलब्धि शून्य छ। अनुसन्धानमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सरकारले प्रहरी सेवाबाट बर्खास्त गरिसकेको छ।

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा गत साउन ११ गते शव फेला परेको थियो। -नेपाल लाइभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *