हाँसोका फाइदा यस्ता छन्

२०७५ कार्तिक १४, बुधबार १५:३६ गते २०७५ कार्तिक १४, बुधबार १५:३६ गते २०७५ कार्तिक १४, बुधबार १५:३६ गते

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । आउनुस् हाँसोले पार्ने सकारात्मक प्रभावका बारेमा चर्चा गरौं :

सम्पूर्ण शरीरलाई आराम दिलाउँछ

हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै मांसपेशीलाई ४५ मिनेटसम्म आराम दिलाउँछ ।

प्रतिरोधी क्षमतामा वृद्धि गर्छ

तनाव जति हुन्छ, उति नै शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्सछ । हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ । यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ । हाँस्दा वृद्धवृद्धामा अल्जाइमर रोग पनि लाग्न पाउँदैंन ।

स्वस्थ रहने रसायन बढाउँछ

हाँस्ने बानीले स्वस्थ रहन मद्धत गर्ने इन्डोर्फिन नामक रसायन वृद्धि गर्नुका साथै अस्थायी रुपमा पीडा हटाउन पनि सहयोगी भूमिका निर्वाह गर्छ ।

मुटुको रक्षा गर्छ

यसले रक्तनलीको कार्यमा सुधार गर्छ, जसले गर्दा रक्त सन्चारमा वृद्धि हुन्छ । यस्तो अवस्थामा हृदयाघात हुने र मुटुका अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ ।

क्यालोरी खपत हुन्छ

दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिन्छ । यसको अर्थ वर्षभरि निरन्तरता दिने हो भने तीनदेखि ४ पाउण्डसम्म तौल घट्छ ।

मूड ठीक गर्छ

हाँस्दा मष्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मूड ठीक गर्न मद्धत गर्छ । मूड ठीक हुनुको अर्थ हो, जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु हो । मूड ठीक हुँदा मानिसको व्यक्तिगत जीवन, सामाजिक जीवन व्यवसायिक जीवन सबैमा सकारात्मक प्रभाव पर्छ । यस्तै, हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरासंग जुध्ने क्षमतामा वृद्धि गर्छ ।

आयु बढाउँछ

नर्वेमा गरिएको एक अध्ययनले जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहाँस्ने मानिसभन्दा बढी समयसम्म बाँचेको पाइएको थियो ।

बौद्धिक स्तर बढाउँछ

मानिसको मष्तिष्कका लागि हरसमय धेरै नै अक्सिजन आवश्यक हुन्छ । हाँस्ने बानीले मष्तिष्कमात्र नभई शरीरका सम्पूर्ण अंगमा अक्सिजन आपूर्ति गर्छ । यसले बौद्धिक स्तरका साथै शारीरिक दक्षता पनि बढाउँछ ।
nepallive

Leave a Reply

Your email address will not be published. Required fields are marked *