बीबीसी । ब्रिटेन र गाम्बियाका वैज्ञानिकहरुले कुकुरलाई मलेरिया रोगको पहिचान गर्नमा मद्दत पुग्ने खोज गरिएको बताएका छन् । कुकुरलाई संक्रमित व्यक्तिको कपडा सुँघेर मलेरिया रोगका बारेमा पता लगाउनका लागि तालिन दिन सकिने उनीहरुको भनाइ छ ।
ब्रिटेनको डरहम युनिभर्सिटीले केही कुकुरहरुलाई मलेरिया ‘डिटेक्ट’ गर्ने तालिम दिएको छ । मलेरिया जस्ता रोगको रोकथाम र निवारणका लागि जनावरको सहयोग लिन सकिने अपेक्षा गरिएको छ ।
यद्यपि वैत्रानिकहरुको यो शोध अहिले शुरूवाती चरणमा रहेको छ । तर विशेषज्ञहरुले शोधको परिणामबाट बिरामी पता लगाउनका लागि नयाँ तरिकाको विकास हुने दाबी गरेका छन् ।
अध्ययनमा कुनै व्यक्तिपनि लाई मलेरिया हुँदा उसको शरीरको गन्ध केही भिन्नै प्रकारको हुने गरेको भनिएको छ । यस्तो अवस्थामा कुकुरको सहायतामा व्यक्तिको शरीरमा रहेको मलेरियाको संक्रमणको पहचान गर्न सकिने बताइएको छ ।
अमेरिका सोसायटी अफ ट्रापिकल मेडिसिन एण्ड हाइजीनको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको परिणामबाट कुकुरले मलेरिया संक्रमणको पहिचान गर्न सक्ने देखाएको छ । सम्मेलनमा ति कुकुरहरुले १० मध्ये ७ संक्रमित नमूनामा मेलेरियाको संक्रमण रहेको पहिचान गरेका थिए । -१२ खरी