कुकुरहरूका लागि खुल्यो विलासी होटल !

२०७५ कार्तिक २०, मंगलवार १५:२२ गते २०७५ कार्तिक २०, मंगलवार १५:२२ गते २०७५ कार्तिक २०, मंगलवार १५:२२ गते

काठमाडौं

केही मानिसलाई घुम्ने सोख हुन्छ । तर उनीहरूले घरमा पालेका कुकुर लगायतका जनावरलाई छोडेर जान पनि गाह्रो हुन्छ । तर अब कुकुरहरूका लागि पनि विलासी होटल खुलेको छ । भारतको गुरुग्राममा कुकुरहरूका लागि क्रिट्टरेटी नामक होटल खुलेको हो ।

त्यहाँ कुकुरहरूका लागि ठूलो ओछ्यान, टीभी र प्राइभेट बाल्कनी पनि हुनेछ । उनीहरूको सुखसुविधाको सबै ध्यान राखिएको छ ।   यस होटलमा एक रात गुजार्नका लागि सात हजार रुपैयाँभन्दा बढी तिनुपर्छ ।

होटलमा कुकुरहरूलाई बिहान ७ बजे ब्रेकफास्ट दिइन्छ । दिउँसो नाश्ता दिइन्छ । खेल्नका लागि दुई घन्टाको प्ले सेसन, पौडी खेल्ने समय र क्याफेमा बिताउने समय उपलब्ध छ ।

कुकुरहरूले खेल्ने बेग्लै प्लेरूम छ । डग क्याफेमा कुकुरलाई मन पर्ने खानेकुरा राखिएका छन् । मेनुमा चिकन भात, मफिन, प्यानकेक र आईसक्रीम छन् । अनि कुकुरहरूका लागि अल्कोहलविनाको बेल्जियम बीयर पनि राखिएको छ

गर्मीमा कुकुरहरूलाई आलसतालस हुन्छ । त्यसैलाई ध्यानमा राखेर होटलको छतमा स्विमिङ पूल पनि बनाइएको छ । कुकुरहरूको मसाजका लागि आयुर्वेदिक तेल र स्पा पनि दिइएको छ ।  कुकुर बिरामी हुँदा भेटेरिनरी डाक्टर पनि उपलब्ध हुन्छन् । त्यहाँ उनीहरूका लागि अपरेसन थिएटर पनि छ । त्यहाँ मेडिकल युनिट पनि उपलब्ध छ ।

लोकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *