विवाह पछि पनि करौडौं रुपैयाँ कमाउँदैन् प्रियंका र निक

२०७५ कार्तिक २५, आईतवार १५:३६ गते २०७५ कार्तिक २५, आईतवार १५:३६ गते २०७५ कार्तिक २५, आईतवार १५:३६ गते

बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्ना प्रेमी निक जोनससँग राजसी ठाँटबाँटका साथ विहेको तयारीमा छिन् । दुवैजनाको विहेका लागि राजस्थानको जोधपुरलाई स्थान तोकिएको छ ।

निकै महँगो हुने मानिएको विवाहमा यो जोडीले पैंसा पनि कमाउने खबर सार्वजनिक भएको छ । सामान्यतया साधारण व्यक्तिको विहेमा पैसा खर्च मात्रै हुन्छ । बेहुलीको हकमा आफन्तले दिने दक्षिणाबाहेक अन्य कुराबाट आम्दानी हुँदैन । तर प्रियंका र निक भने आफ्नो विवाह बाट मात्रै करौडौं रुपैयाँ कमाउने भएका छन् ।

उनीहरुले आफ्नो विवाह समारोहका केही खास तस्बिर बेचेर पैसा कमाउन लागेका हुन् । उनीहरुले आफ्नो विवाहका खास तस्बिर बिक्रीका लागि एक म्यागेजिनसँग सम्झौता पनि गरिसकेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रियंका र निकले आफ्नो विवाहको तस्बिर बेचेर २.५ मिलियन अमेरिकी डलर कमाउने छन् । उक्त तस्बिर किन्ने म्यागेजिनको नाम भने खुलाइएको छैन ।

फिल्म स्टारहरुको विवाहको तस्बिर बिक्री भएको यो पहिलो घटना भने हैन । केही समय अगाडि मात्रै पनि अभिनेत्री सोनम कुपरले आफ्नो विवाहको तस्बिर वोग म्यागेजिनलाई बिक्री गरेकी थिइन् । यद्यपि सोनम र आनन्द आहूजाको विवाहको तस्बिर कति रुपैयाँमा बिक्री भएको थियो भन्ने विषय भने सार्वजनिक भएन ।

प्रियंका र निकले गत अगस्ट महिनामा मात्रै इङगेजमेन्ट गरेर आफ्नो सम्बन्धमा ‘मोहर’ लगाएका थिए । प्रियंका र निक डिसेम्बर २ तारिखमा राजस्थानमा विवाह गर्दैछन् । यद्यपि प्रियंका या निक कसैले पनि विवाहको औपचारिक मिति भने सार्वजनिक गरेका छैनन् ।

-लोकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *