जाडोमा ओठ लाई बचाउने उचित  रेखदेख

२०७५ कार्तिक २६, सोमबार १५:३६ गते २०७५ कार्तिक २६, सोमबार १५:३६ गते २०७५ कार्तिक २६, सोमबार १५:३६ गते

ओठको सुन्दरता कायम राख्न लिपिस्टिक लगाउँनुमात्र काफी हुँदैंन । नियमित रेखदेख र ओठको मेकअपको सही जानकारी पाउँनु उति नै आवश्यक हुन्छ।

ओठको छालामा तैलीय ग्रन्थी हुँदैंन । यसकारण यसको उचित  रेखदेख नगर्दा ओठ सुक्ने र चिरिने सम्भावना हुन्छ । यसका लागि राती सुत्ने समयमा ओठमा ‘लिप बाम’ लगाउँनुपर्छ।

भिटामिन बी, सी तथा इको कमीका कारण ओठ प्रभावित हुन्छ । यसकारण खानामा यी पोषक तत्व समावेश गर्नुपर्छ ।

कागतीको रस, मह र ग्लिसिरिनलाई मिसाएर लगाउँनाले ओठको सुख्खापन हट्छ । हरियो धनियाको रसले ओठमा मसाज गर्नाले र राती सुत्ने बेला दूधको तर लगाउँनाले ओठ कोमल र सुन्दर हुन मद्दत गर्छ ।

चुकन्दरको रस पनि ओठका लागि फाइदाजनक हुन्छ । यसको नियमित सेवनले ओठ सुन्दर हुन मद्दत गर्छ। लिपिस्टिकको प्रयोग गर्दा ज्यादैं पूरानो प्रयोग गर्नुहुँदैंन। यसबाट ओठ कालो हुन सक्छ।

लिपिस्टिक लगाउँदा ब्रस प्रयोग गर्नुपर्छ । लिपिस्टिक रिमुभरले ओठभित्र जमेको लिपिस्टिकलाई पनि सफा गर्छ, यसका कारण लिपिस्टिक रिमुभरको प्रयोग पनि जरुरी हुन्छ।

nepal live

Leave a Reply

Your email address will not be published. Required fields are marked *