काठमाडौँ- अमेरिकी टेलिभिजन सीएनएनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका केही सहयोगीहरुलाई सीएनएनका ह्वाइट हाउस संवाददाता जिम एकोस्टालाई ह्वाइट हाउसमा प्रतिबन्ध लगाएको भन्दै मुद्दा दायर गर्ने भएको छ।
ह्वाइट हाउसले गत साता एकोस्टाको प्रेस पास रद्द गरेको थियो।
सीएनएनको मुद्दामा एकोस्टा र सीएनएनको अधिकार ह्वाइट हाउसले अवज्ञा गरेको उल्लेख छ।
सीएनएनले वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतमा नेपाली समयअनुसार मंगलबार बेलुकी (अमेरिकी समयअनुसार मंगलबार बिहान) मुद्दा दायर गर्ने तयारी गरेको सीएनएनका एक प्रवक्ताले जानकारी दिए।
श्रोत-देश संचार