यसरी पार्छ मोटोपनाले सम्बन्धमा असर

२०७५ कार्तिक २८, बुधबार ०७:२० गते २०७५ कार्तिक २८, बुधबार ०७:२० गते २०७५ कार्तिक २८, बुधबार ०७:२० गते

मोटोपना आरमदायि जीवन शैलीको ठूलो बाधक हो। मोटोपनाले हाम्रो जिवनको शारीरिक तथा मानसिक दुवै प्रकारको काममा असर गर्ने गर्दछ। मोटोपनाबाट शारीरिक र मानसिक प्रभाव पार्छ भन्ने विषयमा तपाई हामीलाई ज्ञान नै होला तर यसले हाम्रो सेक्स जीवनमा पनि प्रत्यक्ष रुपमा असर पर्छ भने कुरा तपाईलाई थाहा नहुन सक्छ। संसारमा सामान्य भन्दा अधिक तौल भएका मानिसको संख्या करोडोमा छ। त्यसैले मोटोपना र सेक्समा हुने यो प्रभावको बारेमा केही तथ्य जानौँ।

मोटोपनालेको कारणले हाम्रो कार्यक्षमतामा कमि आउनु, सेक्सुअल निष्क्रियता र हर्मोन असन्तुलन जस्ता धेरै प्रकारका झण्झटको सामना गर्नु पर्ने हुन्छ। यो सँगसँगै मोटोपनाबाट हुने यि सवै बीरामीकोलागि हामी जति दबाई शेवन लिन्छौ, त्यसले पनि हाम्रो सेक्स क्षमतामा दुष्प्रभाव नै गर्छ।

आत्माविश्वासको कमी: मोटो मानिहरु आफ्नो सेक्स लाइफलाई लिएर आत्माविश्वासमा कमी देखिन्छन्। ड्यूक विश्वविद्यालय गरेको अध्ययनका अनुसार, मोटोपन र सेक्सुअल क्वालिटीमा सीधा संम्बन्ध हुन्छ। मोटो मानिसले आफ्नो तौलको केवल 13 प्रतिशत मात्र कम गरेमा आफूलाई सुधार भएको महसूस गर्छ र त्यसपछिको सेक्स जीवनबाट अधिक सन्तुष्ट लिन सक्ने उक्त अध्ययनको प्रतिवेदनमा उल्लेख छ।

मोटोपनाबाट महिलाहरुको सेक्स जीवनमा असर: महिलाहरुलाई मोटोपनाका कारण गर्भधारणमा समस्या हुन्छ। बर्मिघम एण्ड वूमन्स हस्पिटलले गरेको अध्ययन अनुसार, मोटोपनाले महिलाहरुको पाठेघर बाक्लो हुने हुदा सामान्य महिलाहरुको तुलनामा गर्भधारण नहुने सम्भावन अधिक हुने गरेको बताएको छ। गर्भधारण नभएका करिव तीन सय महिलाहरुमा गरेको जाँच अनुसार धेरैजोसो महिलाहरुमा मोटोपनाले गर्भधारण हुन नसकेको उक्त हस्पिटलको प्रतिवेदले जनाएको छ।

मोटोपनाबाट पुरुषलाई सेक्स जीवनमा असर: पुरुषलाई अधिक मोटोपनाले वीर्य बनावटमा विपरीत प्रभाव हुने हुदा नपुसंक सम्म हुन सक्छ। अध्ययनकर्ताका अनुसार, पुरुषहरु जसले बढि चिल्लो तथा मसालेदार खाना खाने गर्दछन् उनिहरुको शुक्रणको स्तर कम भएको पाइएको छ।असन्तुलित आहार खाने पुरुष भन्दा सामान्य आहार खाने पुरुषको तुलना 35 प्रतिशत कम शुक्रणको तह रहेको पाइन्छ।

कम पोजीशन, कम आनन्द: मोटोपनाले हाम्रो शारीरिक गतिविधिलाई सिमित गर्छ। यसको अर्थ सेक्सको समयमा कम कामासन गर्न पाउनु हो। जसले गर्दा सेक्स आनन्द पनि सीमित हुन्छ।यदी महिला पुरुष नै मोटो छन् भने सेक्स आनन्द कम हुन्छ र असन्तुष्ट पैदा हुन्छ।असन्तुष्ट सेक्सबाट निजी जीवनमा पनि नराम्रो असर पर्दै जान्छ।

-हाम्राकुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *