रमानुहोस आज ‘सिंगल डे’..

२०७५ कार्तिक ३०, शुक्रबार ०५:५१ गते २०७५ कार्तिक ३०, शुक्रबार ०५:५१ गते २०७५ कार्तिक ३०, शुक्रबार ०५:५१ गते

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस। फेब्रुअरी १४ का दिन मनाइने यो दिवसका बारेमा थाहा नपाउने युवायुवती कमै होलान्। प्रेमसम्बन्धमा रहेकाहरूले त यो दिनलाई उत्सवकै रूपमा लिन्छन्। आफ्ना प्रेमीप्रेमिकासँग भेट्छन्, मायाप्रीति साट्छन्।

प्रेम गरेबापत सेन्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनलाई आधार मानेर यो उत्सव मनाइने गरिन्छ।भ्यालेन्टाइनलाई चुनौती दिन आएको ‘सिंगल डे’का बारेमा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ। टेलिग्राफ भन्छ, ‘विश्वभरि भ्यालेन्टाइन डे मनाउने चलन चर्चित भइरहेका बेला भ्यालेन्टाइन डेको विरोधस्वरूप यो दिनको सुरु भएको हो।’

नोभेम्बर ११ का दिन विशेषगरी चीनका युवायुवतीले मनाउने यो उत्सव सन् १९९३ मा नान्जिङ विश्वविद्यालयबाट सुरु भएको हो। ‘सिंगल डे’ लाई धेरैले ब्याचलर डेका रूपमा पनि बुझ्ने गर्छन्।प्रेमसम्बन्धमा नरहेका युवायुवतीले आफू एक्लो भएको खुसी व्यक्त गर्ने दिन हो, सिंगल डे। प्रेमीप्रेमिका हुनेहरूले पनि यस दिनलाई उत्तिकै प्रेम गर्छन्। यही दिन पारेर विवाह गर्ने चलन पनि चीनमा बढ्दो छ।

केही वर्षयता सिंगल डेको सम्बन्ध व्यापारसँग पनि जोडिएको छ। चीनमा नोभेम्बर ११ मा सामान निकै किनमेल हुन्छ। सिंगल डे अर्थात् एक्लो दिन मनाउन चिनियाँ युवायुवतीले मन खोलेर सामान खरिद गर्छन्। अफलाइन र अनलाइन पनि व्यापार फस्टाउँछ।

अलिबाबाले सन् २०१७ को सिंगल डेमा मात्रै १६८.२ बिलियन युआन अर्थात् २५.४ बिलियन डलरबराबरको सामान बेचेको थियो। सन् २०१८ मा यस कम्पनीको व्यापार बढेर ३१ बिलियन डलर पुग्यो। अलिबाबाले नोभेम्बर ११ मा गरेको यो कारोबार नेपालको वार्षिक बजेटको तीन गुणा बढी हो। चालु आर्थिक वर्ष २०७५÷७६ मा नेपालको कुल बजेट १३ अर्ब १६ करोड १७ लाख रुपैयाँ छ।

अलिबाबाले विगत एक दशकदेखि ‘सिंगल डे’ का नाममा यस दिनलाई कारोबार गर्ने दिनको रूपमा प्रचार गर्दै आएको छ। सपिङ गरेर सिंगल डे मनाउने चलन चीनमा बढ्दो छ। यो चलन नेपालमा पनि भित्रिन के बेर?

अन्नपुर्णबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *