एजेन्सी । हस्तरेखा ज्योतिषले मानिसका हातका रेखाहरु हेरेर उसको बारेमा सम्पूर्ण जानकारी पूर्ववत रुपमा लिन सक्छन्। जसले भविश्वका बारेमा निकै महत्वपूर्ण जानकारी पूर्ववत रुपमा लिन सकिन्छ ।
हातमा यस्ता रेखाहरु हुन्छन् जसले जीवनमा पैसाको प्रभाव, मान सम्मानका बारेमा बताउँछन। यदि कुनै व्यक्तिको हातमा यो रेखा कतैपछि नछुट्टिकन गएको छ भने उसको जीवनमा निकै धनको वर्षा हुने गर्दछ।
हत्केलामा सूर्य रेखा देखिनु शुभ मानिन्छ । जुन व्यक्तिको हातमा यो रेखा छ त्यो रेखा दोष रहित हो । जुन रेखाले जीवनमा अति नै मान सम्मान मिल्ने बताउन्छ।
जुन व्यक्तिको हातमा यो रेखा छ उसलाई समाजमा मान सम्मान र आर्थिक उन्नती हुन्छ।
यो रेखामा स्वस्तिकको निशान छ भने अझ शुभ मानिन्छ । यस्ता व्यक्तिको जीवनमा सुखको कमि हुँदैन।
यो रेखा लामो र क्लियर छ तर यहाँ अण्डाकार चिन्ह बनेको छ भने यसलाई अशुभ मानिन्छ।
यस रेखालाई अन्य रेखाले काटेको छ भने पैसाको कमी हुने छ ।
सूर्य रेखा कुनै ततंगको आकार जस्तो छ भने यो पनि शुभ मानिँदैन। यस्ता व्यक्ति चुलबुले पाराका हुन्छन् जो स्थिर भएर बस्न सक्दैनन्।
सूर्य रेखामा गुणन जस्तो आकार छ भने जीवनमा दुख पर्दछ । यसले मनोबल कमजोर गराउँछ।
यदि हातमा समानान्तर सूर्य रेखा छन् भने ज्योतिष शास्त्रका अनुसार निकै शुभ मानिन्छ। यसको प्रभावले धन, मान सम्मान र प्रसिद्धि प्राप्त हुन्छ।
यदि सूर्य पर्वत यस रेखाको एक छेउ बुडी औँलाको नजिक र अर्को छेउ कान्छी औँलाको नजिक पूगेको छ भने यस्ता मानिसमा दिमाग तेजिलो हुन्छ । भने बोल्ने कलामा कसैले जित्न सक्दैनन्।
सूर्य रेखा रिँग फिगरको तल रहेको छ । यो सूर्य पर्वत हो। यहाँ रहने रेखालाई सूर्य रेखा भनिन्छ । यो रेखा सूर्य पर्वतबाट हत्केलाको तल्लो भागमा जाने गर्दछ।