हेर्नुहोस चार ‘मन्त्र’, जसले तपाईंको बढेको पेट घटाउन सक्छ

२०७५ मंसिर ८, शनिबार १६:२२ गते २०७५ मंसिर ८, शनिबार १६:२२ गते २०७५ मंसिर ८, शनिबार १६:२२ गते

दैनिक अफिस धाउनेको होस् या घरमै बसेर काम गर्नेको नै किन नहोस्, पेट बाहिर निस्किने (पेट बढ्ने) समस्या आम बनिसकेको छ । पेट घटाउने सबैभन्दा उत्तम उपाय दैनिक व्यायाम (एक्सरसाइज) गर्नु हो ।

तर सबैले व्यायाम गर्नका लागि समय व्यवस्थापन गर्न सक्दैनन् । यदि तपाईं पनि व्यायामका लागि समय व्यवस्थापन गर्न नसक्नेमा पर्नुहुन्छ भने हामीले यहाँ केही टिप्स दिएका छौं, जसले तपाईं आफ्नो पेट सजिलै घटाउन सक्नुहुन्छ ।

छिटो–छिटो कुरा नगर्नुहोस्

सुन्दा अलि अचम्म लाग्ला, तर छिटो–छिटो कुरा गर्दा पनि तपाईंको पेट बढ्न सक्छ । छिटो–छिटो कुरा गर्ने वानीले तपाईंको मुख हुँदै पेटमा हावा जान्छ जसले गर्दा तपाईंको पेट फुल्छ । पेट फुल्दा खाएका कुराहरु राम्ररी पचाउन सकिदैन । खानेकुरा पचाउन नसक्नु पेट बढ्नुको मुख्य कारण हो ।

सधैं हाँस्नुहोस्

वैज्ञानिक सोधबाट यो पत्ता लागेको छ कि, हाँस्दा पेटको मसल्स चलायमान हुन्छन् । तपाई जति धेरै हाँस्नु हुन्छ, त्यति नै बढी पेटको एक्सरसाइज हुन्छ । पेटको एक्सरसाइज हुँदा तपाईंको बढेको पेट घट्छ । यसकारण सधैं खुसी रहनुहोस्, हाँस्नुहोस् ।

भोकै नबस्नुहोस्

भोकै बस्ने बानीले तपाईंको मेटाबोलिज्म बिग्रिन जान्छ । जसले गर्दा तपाईंको पेटको वरीपरि फ्याट जम्मा हुन्छ । यसकारण हरेक २ घण्टाको अन्तरमा केही न केही खाने गर्नुहोस् ।

पर्याप्त पानी पिउनुहोस्

हरेक दिन कम्तिमा पनि ४ लिटर पानी पिउँदा तपाईंको तौल नियन्त्रणमा रहन्छ । साथै यसले तपाईंको पाचन प्रणालीमा पनि फाइदा पुर्याउँछ ।

लोकान्तार बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *