मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४ प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ५७५२ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।
टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजनका ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो ।
घटनापछि टिप्परलाई नियन्त्रणमा लिएपनि चालक भने फरार रहेको प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिएका छन् ।
-हिमाल खबर