यी हुन् भाग्य परिवर्तन गर्ने उपाय यसरी गर्नुहोस् प्रयाेग, तपाईको भाग्यमा देखिनेछ चमक !
भगवानलाई प्रसन्न गराउनको लागि मानिसहरु मन्दिर जाने गर्छन् त्यतिमात्र हैन् भगवानको मूर्ति घरमा राखेर पूजा गर्ने गर्छन् । विधि विधनाको साथ भगवानको पूजा गर्नाले भगवान खुसी हुन्छन् भन्ने जनविश्वास रहेको हुन्छ ।
तर धर्मशास्त्रले बताएअनुसार तपाईले पुजा आरधना गर्ने मात्र नभएर दैनिक आफुले गर्ने क्रियाकलापमा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ । केही मानिसहरुले जीवनमा सफलता पाउनको लागि निकै मेहनत गरेका हुन्छन् । जकबी मेहनत अनुसारको प्रतिफल पाउन सक्दैनन् । केही यस्ता मानिसहरु हुन्छन् आफ्नो कार्यबाट सोचेभन्दा बढी सफलता हासिल गर्न सफल भएका हुन्छन् । त्यसैले आज हामी तपाईहरुलाई आफ्नो भाग्य कसरी परिवर्तन गर्ने भन्ने बारे केही जानकारीहरु दिन गइरहेका छौँ ।
१.तपाई आफुले सोचेको कामहरु पुरा गर्न नसकेर चिन्तित हुनुभएको छ यदि त्यसो हो भने राती आफु सुत्ने ठाउँमा तामाको भाँडोमा पानी राखेर बिहान उठेर शिरदेखि सात पटक चोख्याउनाले हरेक कामहरु सिद्ध हुने र भएका बाधा अड्चनहरु हट्ने अधुरा रहेका कामहरु बन्ने विश्वास रहेको छ ।
२.गाईलाई लक्ष्मी मानिने भएकोले विधिवत रुपमा गाईको पुुजा गर्नाले लक्ष्मी माता प्रसन्न हुने र प्रशस्त धन आर्जन गर्न सकिने छ । कडा मेहनत गर्दा पनि सञ्चित हुन नसकेको धन सञ्चित हुनेछ ।
३. मंगलबारको दिन मन्दिरमा गइ हनुमान चालिसा पढी ७ वटा नरिवलभगवानलाई चढाउने र प्रसाद स्वरुप सबैलाई बाडेर खान दिने आफु पनि खाने गर्नाले आफ्नो भाग्य सफल हुने र सफलता हाँसिल गर्न सकिनेछ ।
४.तपाईले घरमा मान्दै आएको इष्ट देवताको पुजा दैनिक गर्नु भयो भने भगवानको कृपा मिल्नेछ । आफुले सोचेका हरेक कामहरु सफ रुपमा सम्पन्न हुनेछन् ।
५.हरेक दिन बिहान सबेरै उठेर सूर्यको देवतालाई तामाको भाँडोको जल अर्पण गर्ने गर्नुहोस् जसले गर्दा जीवनमा आय परेका दुख कष्ट हटेर जाने र जीवन सजिलै निर्वाह गर्न सकिने विश्वास रहेको छ ।