दश पटक सर्‍यो मेलम्चीको भाका:आखिर कहिले सम्म?

२०७५ मंसिर १६, आईतवार २२:०० गते २०७५ मंसिर १६, आईतवार २२:०० गते २०७५ मंसिर १६, आईतवार २२:०० गते

काठमाडौं – मेलम्ची आयोजनाको पानी काठमाडौंमा चैत यता नआउने पक्का भएको छ ।

आयोजनाको काम मार्चको अन्तिमसम्म मात्रै सकिने भएकाले पानी आउन कम्तिमा २०७६ सालको वैशाख कुर्नैपर्ने भएको हो । संसदको विकास समितिमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले योजनाको भौतिक काम चैतसम्म सकिने जानकारी दिनुभयो ।

गएकाे जेठमा दसैंभित्र मेलम्चीकाे पानी काठमाडाैं ल्याइने गरी काम भएकाे बताइए पनि मेलम्ची अउन अझै केही महिना कुर्नुपर्ने भएकाे हाे । त्यतिबेला ठेकेदार कम्पनीले स्थानीयसँग गरेको सहमति अनुसारको माग पूरा नगरिएकाले स्थानीयले काममा अवरोध गरेकाले  दसैंभित्र पानी ल्याउन नसकिने बताएकाे थियाे ।

मेलम्चीको २६ किलोमिटर सुरुङको काम अबको ३० दिनमै सकिने भए पनि आयोजनाको मुख्य प्रवेशमार्गको काम सक्न अझै १३० दिन लाग्ने कार्यकारी निर्देशकले जानकारी दिनुभयो ।

सुरुङ सफा गर्ने र जोखिम न्यूनीकरणका काम ३० दिनमा सकिने आयोजनाको दावी छ । सुरुङको काम सकिएपछि ४५ दिन उपकरण जडान गर्न समय लाग्ने आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *