काठमाडौँ – यसमा कुनै दुई मत छैन कि म्युजिक सुन्न हरेकले मन पराउँछ । मानिस मात्रै होइन, जनावर तथा किरा फट्याङ्ग्राहरुलाई पनि म्यूजिकले मोहित पार्छ ।
जब कुनै गीत हामीलाई मन पर्छ तब दिनमा थुप्रैपटक त्यो गीत सुन्दा पनि बोर लाग्दैन र जति सुन्यो त्यति नै आनन्द प्राप्त गर्छौँ । कैयौँपटक त यस्तो पनि हुन्छ कि मन पर्ने गीतहरु सुन्दै हामी निदाउन पुग्छौँ तर गीत बजिरहेको हुन्छ ।
सुत्नुभन्दा अघि हामीले मिठो र गहिरो निन्द्राका लागि ‘लाइट’ म्यूजिक सुनिरहेका हुन्छौँ जसबाट हामीलाई आनन्दसँगै निद पनि राम्रो लाग्छ ।
तर के यो बानी सुरक्षित छ त ?
एयरफोन लगाएर सुत्नु खतरनाक
कानमा एयरफोन लगाएर सुत्नु जोखिम युक्त रहेको विज्ञले बताएका छन् । यस्तो होइन कि एयरफोन लगाएर सुतेमा ज्यान नै तलमाथि हुन सक्छ तर यो बानीका कारण राम्रो निद नलाग्न सक्छ र यसले हाम्रो श्रवणशक्तिलाई पनि कमजोर पार्न सक्छ ।
धेरै लामो समयदेखि भनिँदै र भोगिँदै आएको छ कि म्यूजिकले आनन्द र राम्रो निन्द्राका लागि मद्दत गर्न सक्छ तर हामी यो बिर्सिदिन्छौँ कि हाम्रो शरीरमा एक आन्तरिक घड़ी हुन्छ जसलाई सरकैडियन रिदम पनि भनिन्छ र यसलाई हामीले पालना गर्नुपर्छ ।
हामी शरीरलाई कुुनै अरु नै साउण्डमा निर्भर गरिरहेका हुन्छौँ जसले हामीलाई नोक्सान पुर्याइरहेको हुन्छ । यदि हामीले नियमित रुपमा आर्टिफिशियल साउण्ड सुनेर निदाउने बानी राखेका छौँ भने यो स्वास्थ्यका लागि फाइदाजनक छैन ।
सक्रिय मुडमा रहन्छ ब्रेन (मस्तिष्क)
म्यूजिक सुन्दा हाम्रो निन्द्रा यसकारण प्रभावित हुन्छ कि हामीले म्यूजिक सुन्न आफ्नो स्मार्टफोनको प्रयोग गर्छौँ जसकारण हाम्रो फोन पूरै समय हामीसँग नै हुन्छ ।
यहाँसम्म कि आराम गर्ने र सुतेको समयमा समेत फोन हामीसँग नै हुन्छ, यसले गर्दा हाम्रो ब्रेन रेस्ट गरिरहेको बेला समेत ऐक्टिभ मुडमा हुन्छ र आराम मिल्दैन ।
श्रवणशक्तिमा कमी
म्यूजिक सुन्दासुन्दै सुत्न थाल्यौँ भने हाम्रो ब्रेन राम्रोसँग आराम गर्न पाउँदैन । यसको केही भाग सक्रिय नै रहन्छ जसले गर्दा निन्द्रा राम्रोसँग लाग्दैन र हामी मध्यरातमा उठ्न सक्छौँ । हामीलाई ८ घण्टाको गहिरो निन्द्रा पुगेन भने मुटुको चाल बढ्न सक्छ जो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।
सुत्ने समयमा एयरफोन लगायौँ भने कानको श्रवणशक्ति पनि कमजोर हुन सक्छ । यदि आवाज ठूलो पारेर म्यूजिक सुन्न थाल्यौँ भने यो श्रवणशक्ति कमजोर पार्न अझ खतरनाक हुन सक्छ । सुत्नेबेला कानमा एयरफोन लगायौँ भने कानको छालामा प्रेशर पर्न सक्छ जसले गर्दा कानको छाला सम्बन्धी विभिन्न रोगहरु पनि लाग्न सक्छ ।
त्यसो भए म्यूजिक सुन्न बन्द गर्ने त ?
हरेक रात सुरक्षित र मिठो निन्द्रा प्राप्त गर्नु सबैको प्राथमिकतामा हुनुपर्छ । यदि म्यूजिक सुनेर नै हामीलाई राम्रो निन्द्रा लाग्छ भने पक्कै पनि म्यूजिक सुन्नुपर्छ तर एयरफोन लगाएर होइन ।
फोनलाई बिस्ताराबाट अलि टाढा राखेर सानो आवाजमा म्यूजिक सुन्दा राम्रो हुन्छ । यसले हाम्रो शरीरको प्राकृतिक स्लीपिङ्ग प्याटर्न प्रभावित हुँदैन । यो याद राख्न जरुरी छ कि म्यूजिकले हाम्रो मुडलाई लाइट बनाउँछ, जसकारण हामीलाई राम्रो निन्द्रा लाग्छ तर यसले हामीलाई गहिरो निन्द्रा भने दिँदैन ।
यसकारण सुत्नका लागि पिसफुल म्यूजिकमा निर्भर बन्नु हुँदैन बरु यस्तो बानी र जीवनशैली अपनाउँ जसले गर्दा हामीलाई रातमा गहिरो र मिठो निन्द्रा आफै परोस् ।-देश संचार