आलिया र रणवीरले छिट्टै बिहे गर्ने

२०७५ मंसिर १९, बुधबार १७:३९ गते २०७५ मंसिर १९, बुधबार १७:३९ गते २०७५ मंसिर १९, बुधबार १७:३९ गते

 बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर पनि छिट्टै बिहे गर्ने भएका छन् ।

लामो समयदेखि प्रेमसम्बन्धमा रहेका आलिया र रणवीरले बिहे गर्ने तयारीमा रहेको पारिवारिक स्रोतले जनाएको छ । भारतीय मिडियाका अनुसार, दुवैका परिवारले विहेका लागि सहमति जनाएका छन् ।

अहिले आलिया प्रायः रणवीरका आमाबुवासँग समय विताउने गरेकी छन् । आलियाका बुवा महेश भट्टले बिहेका लागि सहमति दिएपछि उनी रणवीरका परिवारसँग समय विताउँन लागेको जनाएको छ ।

लामो समयदेखि आलिया र रणवीर प्रेमसम्बन्धमा छन् । तर, उनीहरुले एक–अर्काका विषयमा केही बोलेका छैनन् । यतिसम्मकी आलिया छिट्टै न्यूयोर्क जाने भएकी छन् । रणवीरका बुवा ऋषि कपूरको न्यूयोर्कमा उपचार भइरहेको छ । रणवीरकी आमा नीतू कपूर पनि न्यूयोर्कमै छिन् ।

नयाँ वर्षमा रणवीर आमाबुवासँगै न्यूयोर्क जाने भएपछि आलिया पनि उतै जाने तयारी गरेको जनाएको छ । उनले सुटिङ चलिरहेका फिल्ममा नयाँ वर्षमा केही समयका लागि विदा लिएको भारतीय मिडियाले जनाएको छ ।रणवीर कपूरका बुवाका उपचार सकिए लगत्तै आलिया र रणवीरको बिहे गर्ने तयारी भएको जनाएको छ ।-सरल पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *