यसरी घटाउन सकिन्छ पेटकाे बाेसाे।

२०७५ मंसिर २२, शनिबार ०७:३१ गते २०७५ मंसिर २२, शनिबार ०७:३१ गते २०७५ मंसिर २२, शनिबार ०७:३१ गते

पेटको बोसोबाट धेरै मानिसहरू हैरान हुन्छन् । यसकौ सबैभन्दा मुख्य कारण हो– आफ्नो स्वास्थ्यमा ध्यान नदिनु । यसलाई नियन्त्रित गर्न सही व्यायाम र सही खानपान लिने गर्नुभएको छ ?

सफ्ट ड्रिंक्सबाट टाढै रहनुहोस् : अध्ययनका अनुसार सफ्ट ड्रिंक्समा प्राप्त सुगर हाम्रो मेटाबोलिक स्वास्थ्यका लागि खतरनाक हुन्छ । यसमा पाइने फ्रक्टोजको बढी मात्राले शरीरमा बोसो बढी हुन्छ ।

एरोबिक्स गर्नुस् : ब्यायामका कैंयौं खालका शारीरिक फाइदा हुन्छन् । अतिरिक्त फ्याट कम गर्न यसको निकै उपयोगी हुन्छ । एरोबिक्सजस्ता अन्य व्यायामहरू दौडनु, पौडी खेल्नुजस्ता कुराले पनि पेटको बोसो हटाउन मद्धत गर्छ ।

फाइबरयुक्त पदार्थको सेवन : फाइबरको उचित मात्रामा सेवन गर्नुपर्छ । खासगरी फलफुल, तरकारी, गेडागुडीजस्ता खाना खानुपर्छ, यिनीहरू फाइबरमा असल स्रोत हुन् ।

दहीको सेवन : दहीको सेवनले पनि शरीरको अतिरिक्त बोसो घट्छ । दिनमा दुई तीनपटक महीको सेवन, तातो पानीमा कागतीको रस र मह मिसाएर बिहान खाली पेटमा सेवन गर्नाले पनि बोसो कम गर्न मद्धत हुन्छ । यसले पेट पनि स्वस्थ राख्छ ।

ग्रीन टीको सेवन : ग्रीन टीमा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले मोटोपना कम गर्न र अनुहार चाउरिने समस्या समाधान गर्छ । ग्रीन टीलाई चिनी नहाली सेवन गरेमा चाँडै फाइदा पुग्छ ।-नेपाल लाइभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *