यसरी गर्नुहोस् सोमबार भगवान शिवको पूजा ! धन लाभ हुनेछ !
हरेक बार मानिसहरुले एउटा एउटा भगवानलाई मुख्य बनाएर पुजा आज गर्ने गर्छन् त्यस्तै भोली सोमबार सबैले आफ्नो घरमा वा मन्दिरमा गएर भगवान शिवको पूजा गर्ने गर्छन् ।
सोमबार नै शिवको पूजा किन गरिन्छ भन्ने विषयमा ज्योतिष शास्त्रमा उल्लेख भएका केही कुराहरु बताउन गइरहेका छौ ।
सोमबारको कारक ग्रह चन्द्र भएकाले यसको स्वामीको रुपमा सोमबार शिवको पूजा गरिएको ज्योतिष शास्त्रमा उल्लेख छ । सोमबारको दिन चन्द्र र शिवलाई जोडेर उपस गर्नु राम्रो हुनेछ ।
त्यसकारण सोमबारको दिन शिवको पूजा गर्दा कसरी गर्ने भन्ने बारे बताउन गइरहेका छौँ । जसले दुर्घटना र मृत्युको भयबाट जोगाउँदछ ।
१.सूर्य अस्त भएपछि प्रदूष काल सूरु हुने भएकाले शिव भगवानको पूजा आरधना गर्नु राम्रो मानिन्छ ।
२.दि रातको बिचको समयलाई सन्ध्यकाल भनिन्छ । यो समयमा भगवान शिव खुसी मुन्द्रामा हुने हुँदा यतिबेला शिवको पूजा गरे आफूले सोचेको कामहरु पूरा हुने देखिएको छ । आँटेको कामहरु समयमा नै सम्पन्न हुनेछ ।
भगवान शिवलाई खुसी पार्न यसरीगर्नुहोस् पूजा :
१. सोमबार शिव मन्दिरमा जाने र शिवलिंगमा दिप बालेर ऊँ सांब सदा शिवाय नमः मन्त्रको १०८ पटक जप गरेर पूजा गर्नुपर्नेछ । यति बेला तर्पाले रुद्रक्षको माला पयोग गर्न सकिनेछ ।
२.शुद्ध गंगाजल र दूध मिलाएर शिवलिंगमा चढाउने र ओम नमः शिवाय मन्त्र जप गर्ने ।
३.भगवान शिवको पूजा गर्दा शिवलाई चन्दन, बेलपत्र र धतुरो चढाएमा शिव प्रसन्न हुनेछन् ।
४.यसरी शिवलाई सम्पूर्ण चिज चढाएर पूजा गरेर १०८ पटक ओम नमः शिवाय मन्त्र जप गर्नुपर्नेछ ।
५.यसरी अन्तिममा भगवान शिवलाई मिठाई चढाएर प्रसादको रुपमा आफु पनि खाने र अरुलाई पनि बाढ्ने गर्नुपर्छ ।
यसरी सम्पूर्ण विधि पुर्याएर भगवान शिवको पूजाआरधना गरेमा जीवनमा सुख शान्ति प्राप्त हुनुको साथै धन आर्जन हुनेछ ।