नेपाली चिकित्सक द्वारा निकालियो बेहोस नपारी ट्युमर

२०७५ मंसिर २५, मंगलवार २२:१४ गते २०७५ मंसिर २५, मंगलवार २२:१४ गते २०७५ मंसिर २५, मंगलवार २२:१४ गते

मिर्गी रोग (छारे रोग) भएका २२ वर्षीय सर्फराजको मस्तिष्कबाट ट्युमर निकाल्न नेपाली चिकित्सक सफल भएका छन् ।

बाँसबारीस्थित उपेन्द्र देवकोटा स्मृति नसारोग अस्पतालले बेहोस नपारी उनको पहिलोपटक मस्तिष्कको शल्यक्रियाबाट बोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएको मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नसारोग विज्ञेषज्ञ डा प्रत्युश श्रेष्ठ, डा सुरेश विक, डा भुषणकालु श्रेष्ठ, डा शिखा श्रेष्ठ, डा सुरज थुलुङ, डा सुरेश सापकोटा, डा सुमन रिजाल र डा लेखजङ्ग थापाको समूहले ६ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरेका थिए । बेहोस पारी शल्यक्रिया गर्दा बोली नै जाने सम्भावना रहन्छ ।-हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed